युएईका नेपालीको रोजाईको केन्द्र बन्दै मावारिद एक्सचेञ्ज


युएई समाचारदाता/ जून २३, युएई- युएईको मावारिद एक्सचेञ्जले युएईका नेपालीहरुबीच लोकप्रिय बन्दै गएको छ । अहिलेको प्रतिकुल अवस्थामा पनि युएईबाट नेपालमा रहेका आफन्तलाई पैसा पठाउन नेपालीहरु खोजीखोजी मावारिद एक्सचेञ्ज आउने क्रम बढिरहेकाे मावारिद एक्सचेञ्जसँग टाइअप गरेको नेपालको सिभिल बैंकका युएई प्रमुख सन्जित सिंहले जानकारी दिनुभएको छ ।
अन्य एक्सचेञ्जभन्दा पैसाको रेट धेरै भएको र मावारिदमा सेवाप्रदायक धेरै नेपाली कर्मचारी रहेका कारण पनि धेरै नेपालीको रोजाईको एक्सचेञ्ज भएको सिंहले बताउनुभयो । वहाँका अनुसार युएईका मुख्यमुख्य शहरमा शाखा भएका कारण पनि मावारिदको कारोबार निरन्तर बढिरहेकाे हो ।
केही महिना अगाडि युएईको दुबई र शारजाहमा रहेका आफ्ना ५ वटा शाखाहरुबाट रेमिट्यान्स गर्दा आइफोन र टिभीहरुका साथमा अन्य उपहारहरु पाइने योजनाले पनि धेरै नेपालीहरुले मावारिद एक्सचेञ्जलाई रोज्ने गरेको सिंहले प्रष्ट पार्नुभयो ।

नेपाली कामदारहरुलाई लक्षित गरी मावारिद एक्सचेञ्जका ६ वटा शाखामार्फत नेपालमा १ सय १३ वटा शाखा भएको सिभिल बैंक र नेपालभरिका १०००० हजार एजेन्टहरुबाट सजिलोसँग पैसा निकाल्न सकिने सिभिल बैंकका युएई प्रमुख सिंहले जानकारी दिनुभएको छ ।

मावारिद एक्सचेञ्जले अन्य एक्सचेञ्जभन्दा राम्रो रेट तथा पैसा पठाउदा लाग्ने शुल्क एकदम कम मात्र लाग्ने र सबै शाखाहरुमा नेपाली कामदार भएका कारण कारोबार सहज हुने सिंहले बताउनुभयो ।

सिंहका अनुसार बर दुबईको अस्टेरिया होटल अगाडिको बाटोबाट अदिल फुडस्ट्फसँगै रहेको मावारिद एक्सचेञ्ज, सोनापुरको ग्रान्ड हाइपरमार्केट (बस पार्क अगाडि), जेबल अली पार्को हाइपरमार्केट (बस पार्क अगाडि), शारजाह बुतिना र मुहेलामा नेस्टो हाइपरमार्केट रहेको मावारिद एक्सचेञ्जको शाखाबाट मावारिद एक्सचेञ्जले कारोबार संचालन गरिरहेको छ ।

९ असार २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको