बाबा रामदेवद्वारा कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक, ३ दिनमा ६५ प्रतिशत रोगी निको भईसकेको दाबी


काठमाडौं । योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलीले कोरोना भाइरसविरुद्ध लड्‍ने भ्याक्सीन बनाएको दाबी गरेको छ।

जडीबुटीबाट बनाइएको यो औषधिको नाम कोरोनिल राखिएको छ । सोमबार हरिद्वारमा एक कार्यक्रम गरी रामदवले यो औषधि सार्वजनिक गरेका हुन् ।

बाबा रामदेवले मंगलवार पतञ्‍जली आयुर्वेदले आयोजना गरेको पत्रकार सम्‍मेलनमा बोल्दै विश्‍वले कोरोना भाइरसको औषधि खोजीरहेका बेला कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधि तयार भइसकेको दाबी गरेका हुन् ।

पतञ्जलीले बनाएको उक्त औषधि बजारमा समेत किन्न सकिने जानकारी दिँदै बाबा रामदेवले भने, ‘आयूर्वेदको विधिबाट तयार पारिएको कोरोनिल आगामी सात दिनमा पतञ्‍जलीको स्टोरबाट पाउन सकिन्छ।’

यो औषधि दिल्लीलगायत भारतका कैयौं सहरमा कोरोना संक्रमण भएका २ सय ८० बिरामीमा परीक्षण गरिएको र यस क्रममा शतप्रतिशत बिरामी निको भएको उनको दाबी छ ।

औषधिको प्रयोगबाट ३ देखि १४ दिनसम्म कोरोनाका सबै लक्षण निको पारिएको रामदेवले बताएका छन् । औषधि बनाउने क्रममा सबै वैज्ञानिक नियम पालना गरिएको दाबी उनले गरेका छन् । मुलेठी, अश्वगन्धा, तुलसीलगायत जडीबुटी मिश्रण गरी यो औषधि बनाएको रामदेवको भनाइ छ ।

उक्त औषधिबाट तीन दिनमा ६५ प्रतिशत रोगी निको भईसकेको दाबी गरे । एजेन्सी

२०७७ असार ९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको