लकडाउनको अवसर पारी दाङमा काठ तस्कर: एक पक्राउ, शिक्षकको संलग्नता रहेको आशंका


जेष्ठ ९, दाङ । डिभिजन बनकार्यालय दाङ र दंगीशरण सव डिभिजन बनकार्यालयबाट गएको संयुक्त वन गस्ति टोलिले पश्चिम दाङबाट सालको अवैध ४१ थान काठ सहित एक जना पक्राउ गरेको छ ।

लकडाउनको अवसरपारी काठ तस्करी भैरहेको बन कार्यलयलाई सुचना प्राप्त भएपछी शान्तिनगर गाउँपालिका – १ का टिकाराम वलीको घरमा विभिन्न नाप साईजको सालको चिरान काठ फेला परेको हो ।

काठ तस्करमा संलग्नता रहेको आशंकामा स्थानीय ६० वर्षका दिल बहादुर थापालाई पक्राउ गरिएको डिभिजन बनकार्यालय दाङले जनाएको छ ।

स्थानीयका अनुसार काठ फेला परेको घरका श्रीमान टिकाराम वली र श्रीमती टिका वली फरार रहेको जनाइएको छ । श्रीमान टिकाराम वली राप्ती आधारभूत बिद्यालय बस्ति खोलाको शिक्षक रहेको र श्रीमती राप्ती आधारभूत बिद्यालय पेदी खोलाको प्रधानाध्यापक समेत रहेको जनाइएको छ।

बरामद गरिएको काठ र पक्राउ गरिएका थापालाई डिभिजन वन कार्यालय दाङमा लगिएको छ । कटान भएको काठ सुन्दर सामुदायिक वनको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दंगीशरण सव डिभिजन वन कार्यालयले जनाएको छ । बरामद गरिएको काठ करिव ५० क्यू फिट रहेको छ ।

उक्त गिरोह काठ तस्करमा लामो समय देखि सक्रिए रहेको स्रोतको दावी छ । लकडाउनको दुई महिनाको अवधिमा विभिन्न एक दर्जन घटनामा सयौ क्यू फिट काठ बरामद गरिएको छ ।

२०७७ जेष्ठ १०,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको