नेकपाद्धारा आक्रामक कार्यक्रम स्थगित, जनमुक्ति सेनालाई विप्लवले दिए यस्तो निर्देशन


चैत १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रतिरोधबाहेकका आक्रामक कार्यक्रम स्थगित गरेको छ । कोरोनाको त्रासमा आम नागरिक बसिरहेका बेला नेकपाले पनि आफ्ना सम्पूर्ण आक्रामक कार्यक्रम स्थगित गरेको हो ।

नेकपा महासचिव विप्लवले सोमबार विज्ञप्ति निकालेर कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जानकारी गराएका छन् । उनले तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन पनि गरेका छन् ।

विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसले विश्वमानव समुदायलाई ठूलो क्षति पुर्याएको छ । हालसम्म नेपाली जनतालाई क्षति नपुर्याउनु खुसीको कुरा हो । तर जोखिम कायमै छ । यस्तो जोखिमको परिस्थितिमा सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्नुपरेको छ ।’

नेकपाले कोरोना सङ्क्रमणका विरुद्ध आमनागरिकलाई सचेत रहन आग्रह समेत गरेको छ । साथै देशका सबै चिकित्सक एवम् स्वास्थ्य–कार्यकर्ताहरूलाई जनताको सेवामा लाग्न पनि आग्रह गरिएको छ ।

महासचिव विप्लवले तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन दिएका छन् ।

‘तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछ । साथै कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जानकारी आमजनसमुदायमा अवगत गराउँछौँ,’ जारी विज्ञप्तीमा भनिएको छ ।

हेर्नुस विज्ञप्ति 

२०७६ चैत्र १०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको