गन्तव्यमा हिडेका हजारौ यात्रु दाङमा अलपत्र

फाइल तस्बिर: तुलसीपुर बसपार्क

चैत्र १०, सल्यान । आज देखी सल्यान जिल्लाबाट बाहिरिने र भित्रिने सबै यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाईएको छ ।

कोरोना भाइरसको शंन्त्रास फैलिदैँ गएको बेला साबधानी स्वरुप जिल्लामा भित्रिने र बाहिरिने लामो तथा छोटो दुरीका कुनै पनि यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

भारत सहित बिभिन्न शहरहरुबाट मानिसहरु सल्यान भएर आवतजावत गर्ने र जिल्ला नै उच्च जोखिममा रहेकाले यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाईएको निमित्त प्रहरी प्रमुख लक्ष्मण ओलीले जानकारी दिए ।यस बाहेक एम्बुलेन्स, दमकल, डेरी, तरकारी बोकेका गाडीहरु भने सञ्चालन हुने उनले बताए ।

प्रशासनले यसरी सवारीसाधन राेक लगाएपनि गन्तव्यतिर हिडेका यात्रुहरूमा ठुलाे समस्या देखिएकाे छ । काठमाडाैं लगाएत विभिन्न ठाउँबाट हिजाे साँझै सल्यान, राेल्पा, रुकुम लगाएतका जिल्लाकाे लागि हिडेका हजाराैं यात्रुहरू अहिले दाङकाे तुलसीपुर र घाेराही बजारमा अलपत्र परेका छन् । बिहानै आफ्नाे जिल्लाकाे लागि हिड्ने भनेका यी यात्रुहरू अहिले दाङमै राेकिएकाे बताइएकाे छ ।

उता दाङका प्रमुख जिल्ला अधिकारी गाेविन्द प्रशाद रिजालले दाङमा राेकिएका यात्रुहरूलाइ गतन्तव्यतिर पठाउनकाे लागि समन्वय भैरहेकाे बताएका छन् । उनले सम्बन्धित जिल्लाकाे सिमानासम्म आजै पठाइने र त्यहाबाट अर्काे जिल्लाकाे जिम्मा लगाइने बताए ।

यसैबिच सल्यान भित्रिने पैदल तथा सवारीसाधनमा आउने करिब १६ हजार यात्रुको कपुरकोट नाकामा स्वास्थ्य जाँच गरिएको छ । जसमा कुनैमा पनि कोरोनाको संक्रमण भेटिएको छैन् ।

२०७६ चैत्र १०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको