घोराहीस्तरीय राष्ट्रपति रनिङ शिल्ड पद्मोदयलाई

भलिबलतर्फ छात्रछात्राकै उपाधि ज्ञानसिन्धुलाई


फागुन ११, दाङ । घोराही उपमहानगरपालिकाले आयोजना गरेको १२ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुल प्रतियोगीताको उपाधी पद्मोदय पब्लिक नमूना माबि भरतपुरले जित हात पारेको छ ।

१० स्वर्ण, ४ रजत र ५ कास्यसहित १९ पदक हात पार्दै पद्मोदय माबिले उपाधी हात पारेको हो । त्यसैगरी, १८ पदक हात पार्दै गोर्खा मावि दोस्रो भएको छ । गोर्खाले ८ स्वर्ण, ६ रजत र ४ कास्य जितेको हो । त्यसैगरी, नेपाल पुलिस स्कुलले ५ स्वर्ण ८ रजत र ६ कास्य गरि १९ पदक प्राप्त गर्दै तेस्रो भएको छ ।

यसैगरी, ज्ञानसिन्धु कलेजले २ स्वर्ण र एक रजत गरि ३ पदक जित्दै सान्तोना भएको प्रयोगिता सचिवालय संयोजक बालकृष्ण शाहले जानकारी दिए ।

भलिवल खेलमा ज्ञानसिन्धु मावि छात्रा र छात्र दुबै खेलमा प्रथम भएको छ । खेल समापनका अवसरका भएको भलिबल छात्र फाइनलमा ज्ञानसिन्धुले विद्यानिलकण्ठलाई ३–१ सेटमा पराजित गरेको थियो । अतिथि, आयोजक र ठूलो संख्यामा विद्यार्थीहरुका बीच भएको फाइनल निकै रोमाञ्चक देखिएको थियो ।

त्यस्तै एथलेक्टीस खेलमा उत्कृष्ठ छात्रा खेलाडी तर्फ नेपाल पुलिस स्कुलकी सर्मीला घर्ती र छात्र तर्फ पद्मोदयका विश्वास चौधरी घोषित हुनुभयो । भलिवल तर्फ छात्रा ज्ञानसिन्धुकी प्रियासी चौधरी र छात्र ज्ञानसिन्धुकै दिनेश बाँठामगर, कवडी तर्फ गोर्खाका मेघराज खनाल र छात्रा तर्फ एन्जील घर्ती उत्कृष्ठ घोषित हुनुभएको छ । फागुन ७ गते देखी सुरुभएको प्रतियोगिताको आईतबार समापन र पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा १८ सरकारी र १३ निजी विद्यालयका खेलाडीहरु सहभागि भएका थिए । वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको अध्यक्षता एवं प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक भरतमणि आर्याल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको बिशिष्ठ आतिथ्यतामा प्रतियोगिताको आज समापन गरिएको छ । प्रतियोगिता अन्तर्गत एक सय मिटर देखी ३ हजार मिटर सम्म दौड, रिले, सटफुट, ज्यावलिङ, लङजम्प, त्रिपल जम्प, कबडी र भलिवल खेल भएका थिए ।

यस बर्ष पद्मोदय विद्यालयले संयोजन गरेको खेल आगामी बर्ष मावि डाँडागाउँ गोग्लीले खेलाउने भएको छ । कार्यक्रमको सहजिकरण पद्मोदय विद्यालयका शिक्षक निशान्त आचार्यले गरेका थिए ।

२०७६ फाल्गुन ११,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको