संविधान संशोधनका लागि नेकपाले बनायो नेपालको नेतृत्वमा कार्यदल


फागुन ११, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि कार्यदल बनाएको छ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य छन् । कार्यदलले राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउनेगरी संविधान संशोधनको तयारी गर्ने बताइएको छ ।

नेपालको नयाँ संविधानअनुसार राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री हुन नपाउने व्यवस्था छ । यसकाविरुद्ध नेकपाका उपाध्यक्ष वामदेव गौतमले निरन्तर रुपमा आवाज उठाउँदै आएका थिए ।

राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री बन्न नपाउने भएपछि गत माघमा भएको राष्ट्रियसभाको रिक्त निर्वाचनमा गौतम पार्टीले आग्रह गर्दा पनि उम्मेदवार हुन मानेका थिएनन् ।

११ फाल्गुन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको