अखिल (क्रान्तिकारी) माथिको अघोषित प्रतिबन्ध हटाउनुपर्नेमा सत्तारुढ निकट विद्यार्थी नेताको जोड


फागुन ११, दाङ । अखिल (क्रान्तिकारी) माथिको प्रतिबन्ध र स्ववियु विषयक अन्तरक्रिया कार्यक्रम आइताबार दाङकाे घाेराहीमा सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) दाङको अायाेजनामा भएको अन्तरक्रिया कार्यक्रम विभिन्न संगठनका प्रतिनिधिहरु, क्याम्पस प्रमुखको सहभागितामा गरिएको बताइएको छ ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य प्रीतिमा चाैधरीले आफुहरु शान्तिपुर्ण रुपमा अन्याय अत्याचार बिभेदको बिषयमा बोल्दा यो सरकारले अपराधी जस्तो व्यवहार गरेको र सबै संगठन एकजुट भएर यसको बिरोध एवम् भण्डाफोर गर्नुपर्ने बेला भएको बताए ।

यस्तै अतिथि महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख दिवाकर शर्माले यदि कुनै विद्यार्थी फरक राजनीतिक आस्था बोकेकै कारणले गिरफ्तार हुन्छ भने त्यसको निम्ति क्याम्पस प्रशासनको तर्फबाट जस्तोसुकै अबस्थामा पनि सम्बन्धित निकायलाई खबरदारी गर्ने बताए ।

साथै केन्द्रले स्ववियु मिति घोषणा गरेर कार्यक्रम सार्वजनिक गर्‍यो भने क्याम्पस प्रशासनले सबै संगठनलाई सहभागी हुने वातावरण सिर्जना गरि निष्पक्ष धादलीरहित तरिकाले स्ववियु निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साथै संगठनले विभिन्न माग राख्दै बुझाएको मागपत्रको बिषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको र केही दिनभित्रै प्रमुख जिल्ला अधिकारीलाई भेटेरै औपचारिक छलफल गर्ने र निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा अर्का अतिथि ने.बि. संघ नेता तिलक रावलले सरकारले अखिल (क्रान्तिकारी)लाई अघोषित रुपमा प्रतिबन्ध लगाएर ठुलो भुल गरिरहेको बताए ।

साथै संगठनका गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहाइ गरि सहज वातावरण बनाउनुपर्ने धारणा राखे । अर्का अतिथि अनेरास्ववियुका गिरबहादुर महराले सरकारले अखिल (क्रान्तिकारी) माथी घुमाउरो पाराले लगाएको प्रतिबन्ध खारेज गर्नुपर्ने बताए ।

साथै अखिल (क्रान्तिकारी) ले गर्ने शान्तिपूर्ण कार्यक्रमहरुमा प्रशासनले अनावश्यक धरपकड नगर्ने र गिरफ्तार विद्यार्थी नेता कार्यकर्ता रिहाई गर्ने वातावरण बनाउन संगठनमार्फत सरकारलाई खबरदारी गर्ने बताए ।

कार्यक्रमका अध्यक्षता गरेका अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अनिल केसीले आफुहरु राष्ट्रियता जनतन्त्र, जनजिविका, शिक्षा क्षेत्रमा देखिएको बिकृती विसंगति विरुद्ध बोल्दै गर्दा राज्यले दुख दिइरहेको बताए । साथै संगठनमाथी अघोषित रुपमा लागेको प्रतिबन्ध हटाउन सबै विद्यार्थी संगठन एकजुट भएर सहयोग गर्न आग्रह गरे । त्रिभुवन विश्वविद्यालयले स्ववियु गराउन आनाकानी गरेकाले सबै संगठन एक भएर स्ववियु निर्वाचन निष्पक्ष ढंगले गराउनु पर्ने माग गरे ।

साथै बिनाकारण गिरफ्तार गरिएका संगठन केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल र केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विक लगायत विद्यार्थी नेता कार्यकर्ता समर्थक शुभचिन्तक सबैलाई बिनासर्त तत्काल रिहाइ गर्न मागसमेत गरे ।

११ फाल्गुन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको