सुनले बनायो नयाँ कीर्तिमान


फागुन ११, काठमाडौं । आइतबार सुनको मूल्य ८० हजारको नजिक पुगेको छ। पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज छापावाला सुनको मूल्यले ७८ हजार ८ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

शुक्रबार प्रतितोला ७८ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले आइतबार एकैदिन ७ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको सुन आइतबार बढेर प्रतिऔंस १६ सय ४३ अमेरिकी डलरमा पुगेको छ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।

११ फाल्गुन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको