सुदूरपश्चिम प्रदेशमा पनि नेकपाकै उम्मेदवार विजयी


माघ ९, काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तारामान स्वाँर विजयी भएका छन् ।

अन्य समूहबाट उम्मेदवारी दिएका उनले ३७ सय २० मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कान्ग्रेसका प्रतापसिंह ठगुन्नाले १८ सय ४२ मतभार प्राप्त गरे ।

यस्तै महिलातर्फ पनि नेकपाक उम्मेदवार शारदा भट्टले विजयी भएकी छिन् । उनले ३ हजार ७ सय ३८ मतभार पाइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार तुलसी देबकोटाले १ हजार आठ सय ५४ मतभार पाइन् ।

९ माघ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको