भियतनामी राष्ट्रिय स्वाधीनताको लडाई र हाम्रो कार्यभार


विषय प्रवेश

भियतनाम पनि नेपाल जस्तै एक गरीब मुलुक हो । लामो समय सम्म फ्रेन्च र अमेरीकी साम्राज्यवादको उत्पीडनमा परेको र आफनो मुक्ति र स्वाधीनताका लागि ठुलो मुल्य चुकाउनु परको देश हो । यो देश क्षेत्रफलका हिसावले कुल ३,२९,५६० वर्ग कि.मी. छ । जनसंख्याको हिसावले करिब ८ करोड मानिसको वसोवास छ ।

तीन टुक्रामा विभक्त भएको देशलाई महान नेता होचिमीन्हले एक ढिक्का गरी सन् १९५४ मा गणतन्त्रको स्थापना गरेका थिए । आफ्नो राष्ट्रिय स्वाधीनता र मुक्तिका लागि पटक पटक गरी २१ वर्ष लामो गृहयुद्धको सामना गर्नु परेको भियतनामको उत्पीडन नेपालको भन्दा कम छैन । तर पनि भियतनामी जनताले फ्रेन्च र अमेरीकी साम्राज्यवादका विरुद्ध शाहासपूर्वक लडेर आफ्नो देशलाई स्वतन्त्र गरे र आफुले पनि मुक्तिको शास फेरे । आफ्नो राष्ट्रिय स्वाधीनताका लागि कुनै पनि हालतमा भियतनामको जनता साम्राज्यवादको अगाडि झुकेनन् ।

आज त्यस्तै प्रकारको उत्पीडन नेपालीहरुले पनि भोग्नु परेको छ । अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको उपनिवेशमा रहेर । अझै भारतीय साम्राज्यवादको वारम्वारको सिमा अतिक्रमण, राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक क्षेत्र माथिको हस्तक्षपले गर्दा नेपाली राष्ट्रिय स्वाधीनता खतरामा परेको छ । यस्तो वेलामा भियतनामी जनताले साम्राज्यवादका विरुद्ध कसरी लडे ? कसरी आफ्नो राष्ट्रिय स्वाधीनताको रक्षा गरेर देशलाई मुक्त गरे ? यसवाट हामी नेपालीहरुले हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि केहि शिक्षा लिन सक्छौ कि सक्दैनौ ? पक्कै पनि राम्रो कामको शिक्षा लिन सक्छौ भन्ने लागेर नै यहाँ केही चर्चा गर्न समय सान्दार्भिक ठानेको छु ।

भियतनामको फ्रेन्चहरु संगको लडाई

युरोपियन साम्राज्यवादले विश्वलाई आफ्नो कव्जामा राख्ने अभियानका समयमा हिन्द चीन क्षेत्र फ्रेन्चहरुले कव्जा गरेका थिए । त्यहाँ फ्रेन्चहरुले झण्डै १०० वर्ष लामो उपनिवेश चलाएका थिए । जनतामा वढदै गएको जनजागरण र राष्ट्रिय मुक्ति आन्दोलनको विश्वभरीको लहर आदि कारणले गर्दा त्यतिवेलाका साम्राज्यवादीहरु विश्वका विभिन्न भागमा ठुल्लो क्षेति वेहोर्दै लखेटिनु पर्ने अवस्थाको सृजना भइरहेको थियो । भियतनाम वाट फ्रेन्चहरु अमेरिकी साम्राज्यवादको प्रत्यक्ष सहयोगको वावजुद पनि पराजय वेहोर्दै ९ वर्ष लामो लडाई पश्चात भियतनामी योद्धाहरुको प्रतिरोध खप्न नसकी भाग्नु पर्ने भयो । चाईना लगायत दक्षिण पूर्वी एशियामा वढदै गएको कम्युनिष्ट लहर एवम राष्ट्रिय मुक्ति आन्दोलनका कारण फ्रेन्चहरुलाई भाग्नुको विकल्प नै थिएन ।

खासगरी पुरै हिन्द चीनमा कब्जा जमाउने चीनमा विजयको सन्निघट पुगिरहेको नयाँ जनवादी क्रान्तिको सफलता पछि हिन्द चीन प्रतिको अमेरिकी चासोलाई फ्रान्स मार्फत पुरा गर्ने तथा कम्युनिष्टहरुको वढदो प्रभावलाई निस्तेज गर्ने रणनीति लिएका साम्राज्यवादीहरुले सन् १९४५ देखि १९५४ सम्म भियतनामी जनसमुदायहरुको रगतमा होली खेल्न सफल भए । यसमा पनि सन् १९४६ मार्च महिनामा युद्धकै विचमा भएको “हनोइ सम्झौता” जसमा फ्रेन्चहरुले राष्ट्रियता सम्वन्धि कतिपय खतर्नाक शर्तहरु राखेका थिए । जसलाई भियतनामीहरुले अस्वीकार गर्दै पुरै मुलुक रािष्ट्रय मुक्तियुद्धमा होमियो । भियतनामीहरु आफ्ना प्यारा नेता होचिमिन्ह तथा फौजि कमाण्डर जनरल वि.एन.जीपको नेतृत्वमा ९ वर्ष सम्म फ्रान्सीसी साम्राज्यवादीहरु संग लडेर अन्ततः ७ मे १९५४मा भियतनामलाई मुक्त गरे ।

भियतनामी जनताहरुको रगत र पसिना पिउन पल्केका फ्रेन्चहरु आफ्ना ४३ हजार सैनिकहरुलाई गुमाउदै फ्रान्स फर्र्किए । एक वुर्जुवा लेखकले संकलन गरेको तथ्याङ्क अनुसार २ लाख ५० हजार फ्रेन्च सैनिकहरु अत्याधुनिक युद्ध सामग्रीहरु सहित भियतनाम प्रवेश गरेका थिए । जसलाई ४४ वटा मोवाइल वटालियन तथा ५४ वटा शक्तिशाली कमाण्डोमा विन्यास गरी परिचालन गरिएको थियो । ती सवै सैनिकहरुलाई कमाण्ड गर्न भियतनाममा जनरल नेवोर लाई खटाईएको थियो । अन्तत जति ठुलो सैन्यशक्ति परिचालन गरिए पनि फ्रेन्चहरु पराजित भएका थिए । ( श्रोतः जनादेश सात्ताहिक २०६०÷०८÷१६ मंगलवारको अंक )

भियतनामको अमेरिका संगको भिषण लडाई

फ्रान्सेलीहरुको पराजय पछि सन १९५४ मई ७ मा स्वीजरल्याण्डको राजधानी जेनेभामा एक सम्मेलन भयो । सोही २० जुलाई सम्म चलेको सम्मेलन इतिहाँसमा जेनेभा सम्झौताको नाम वाट र्चिर्चत छ । जसले १७ औं अक्षाँस रेखिय मेरुदण्डलाई आधार मानेर भियतनामलाई दुई टुक्रामा विभाजन गर्ने जस्तो भियतनामी राष्ट्रिय अखण्डता माथिको ठुलो आपराधिक धारालाई स्वीकार गरेको थियो । भियतनामका नव विजेता होचिमिन्हलाई सामेल नगरी सम्पन्न गरिएको उक्त सम्झौताको वैद्यता भियतनामलाई अमान्य हुनु स्वभाविक थियो । तैपनि चीन लगायतका मुलुकहरुको अनुरोधमा उनीहरुले धैर्यता भने गुमाएका थिएनन् । जेनभा सम्झौता पछि अव जनवादी गणतन्त्र भियतनाम उत्तर भियतनाममा र दक्षिण भियतनाममा फ्रेन्सेलीहरुको अधिनमा कठपुतली सरकार कायम भयो । सम्झौता अनुसार भियतनाम विभाजनको प्रकिृया अस्थायी एवं जति सक्यो छिटो जेनेभा सम्झौता निरिक्षण कमिटिको नियन्त्रणमा आम चुनाव गराउने जस्ता कुराहरु उल्लेख गरिए पनि ती केवल भन्ने नारा मात्र भए ।

दक्षिण भियतनाममा फ्रान्सेलीहरुको कठपुतली सरकार फ्रान्स भन्दा अमेरिकी साम्राज्यवादको इसारामा नाच्न थाल्यो । परिणामःत अव दक्षिण भियतनामका फ्रान्सेली साम्राज्यवादको ठाउँमा अमेरिकी साम्राज्यवादले लिन पुग्यो । दक्षिण भियतनामका जनताहरु दुःख ,कष्ट, र कठिनाईहरु वाट थिच्चिदै गए । दमनले आक्रोश र आक्रोशले विद्रोह जन्माउनु स्वभाविक थियो । करिव १०० वर्ष लामो फ्रान्सेली उपनिवेश दोस्रो विश्वयुद्धको एउटा विशिष्ट कालखण्डमा जापानीहरुको अधिनस्थ वन्दै पुनः देश नै टुक्राएर आफ्नो स्वार्थ पुरा गर्ने अमेरिकीहरुको घृणित अपराधवाट भियतनामीहरु प्रताडित हुनु पर्यो । अमेरिकी साम्राज्यवादको भियतनाममा राष्ट्रियता माथिको वलात्कारलाई ठाडै अस्वीकार गर्दै सामान्यत एशिया एव दक्षिण पूर्वी एशिया विशेष त भियतनामी जनताहरुमा आक्रोशको राँको दन्कन थाल्यो । वर्षौ सम्म फ्रेन्च तथा जापानीहरु संग लडिसकेका भियतनामी योद्धाहरु त्यहाँका महान नेता होचिमीन्हको नेतृत्वमा एकिकृत हुदै अमेरिकनहरुका विरुद्ध कम्मर कस्न थाले दक्षिण भियतनाम गठन गरिएको राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा राष्ट्रिय मुक्ति सेनाले आफ्नो प्रतिरोध निरन्तर अगाडी वढाउन थाल्यो । अव दक्षिण भियतनाममा अमेरिकीहरुका विरुद्ध भिषण प्रतिरोध गर्ने क्रममै सन १९६४ को अन्त सम्म मुक्ति सेनाले दक्षिण भियतनामको एक चौथाई भू–भाग कब्जा गर्न पुग्यो ।

वाँसका कप्टेरा,अरिङ्गलका गोला,वाँदर,कुकुर लगायतका अनेकौं जीव जन्तुहरुलाई प्रयोग गर्दै दक्षिण भियतनामको राजधानी सैगोनमा सिमित अमेरिकी सेना तथा कठपुतली सरकारलाई घेरावन्दी गर्न थाल्यो । अमेरिकनहरु दक्षिण भियतनाममा साँच्चिकै वहुलाउन थाल्ए । महिला केटा केटी वुढावुढी सवैको हत्या गर्न थाले आकाशमा चील घुमे जस्तै बम वर्षक विमानहरुको गर्जन र रातदिन सुनिन थाल्यो ।

यतिमात्र होइन सन ७० को वरिपरी उसले दक्षिण पूर्वी एशियाका अन्य मुलुकहरुमा समेत सत्ताहरण एवं आक्रमणका अन्य घृणास्पद खेल खेल्न थाल्यो । २३ मार्च १९७० मा आफ्नो स्वार्थ अनुकुल नचलेकै आधारमा कम्वोडियामा सत्ताहरण गरिदियो । त्यस्तै सन १९७१ तिर मुक्ति सेनालाई आश्रय दिएको आरोपमा लाओशमा आक्रमण गर्यो । त्यसको प्रतिरोधमा उत्तर भियतनामले जवाफी आक्रमण वढाउन थालपछि अव अमेरिका तातो आलु निल्नु न ओकल्नुको स्थितिमा पुग्यो ।

एकातिर अन्तर्राष्ट्रिय रुपमा अमेरिका विरुद्धको घेरावन्दी अर्कोतिर भियतनाममा उसले सामना गर्नु परेको कडा प्रतिरोध र वेहोर्नु परिरहेको निरन्तर क्षति एवं पराजय क. माओ र तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निकसन विच भएको वार्ता प्रकृया इत्यादी सवै कारणले अमेरिका भियतनाम वाट भाग्नु वाहेकको अर्को विकल्प रहेन अन्ततः सन १९७३ जनवरीमा भएको पेरिस सम्झौता पछि लगत्तै त्यहाँ युद्ध विरामको सहमति भयो । सोही क्रममै युद्ध विरामको ६० दिन भित्रै आफ्ना केवल २५ हजार सैनिकहरु सहित भियतनाममा निकै लामो र महंगो युद्धको स्वाद चाख्दै अमेरिका इतिहाँसमा सवै भन्दा सर्वनास हार वेहोर्दै फिर्ता हुन वाध्य भयो । तर पनि भियतनाममा युद्ध रोकिएन दक्षिण भियतनामको अमेरिकी कठपुतली सरकारले सन् १९७४को अन्त सम्म लडाई जारी राख्यो । फेरी पनि उक्त उद्देश्यहीन लडाईको कुनै अर्थ नै थिएन । अन्ततः दक्षिण भियतनामी शाषक थियूले मुक्ति सेना समक्ष सम्पूर्ण हतियार सहित आत्मसमर्पण गरे । सन् १९७५ अप्रिल ३०मा मुक्ति सेनाले दक्षिण भियतनामको राजधानी सैगोन कव्जा गरेपछि २१ वर्ष लामो भियतनामी युद्धको सिलसिला समाप्त भयो । सन् १९७६ मा भियतनाम एकिकरण भयो ।

दक्षिण पूर्वी एशियामा कम्युनिष्टहरुको वढदो प्रभावलाई रोक्न तथा संसारमा कथित प्रजातन्त्र नामकको तानाशाही लाद्ने अमेरिकी योजना तत्कालका लागि चकनाचुर भयो । इतिहाँसमा अहिले सम्म सवैभन्दा महंगो युद्ध मानिने उक्त लडाईमा अमेरिकाले प्रविधिको हिसावले हेर्दा रुख विरुवाहरु ध्वस्त पार्ने (डिफोलियज) वम वायुमण्डलको अक्सिजन खिचेर सास फेर्न नसक्ने गराई जीव जन्तु एव मान्छेहरु मार्ने विभिन्न बमहरु समेत प्रयोग गरिए । एक श्रोतका अनुसार अमेरिकाले भियतनाममा ८ हजार विमान ,४हजार हेलिकप्टर ,गुमाउनु पर्यो । ६७ लाख टन बम खसालीय ५ लाख सैनिकहरु मध्ये ५६,२३१ जना अमेरिकी सैनिकहरु मारिए भने कैयौ हराए । त्यस्तै करिव २० लाख मानिसहरु मारिएको कुरा तथ्य प्रकासमा आएको छ । आर्थिक रुपले अमेरिका क्षत विक्षद भयो । राजनीतिक रुपले सर्वव्यापी रुपमा नाङ्गियो भने सैन्य रणनीतिको हिसावले जनताको शक्ति वाट असफल प्रमाणीत भयो । श्रोतः जनादेश सात्ताहिक २०६०÷०८÷१६ मंगलवारको अंक )

हाम्रो कार्यभार

भियतनामी जनताले जसरी आफ्नो राष्ट्रिय स्वाधिनताको रक्षाका लागि भिषण लडाई लडे विजय प्राप्त गरे त्यो निकै महत्वपूर्ण काम हो । यो भियतनामको राष्ट्रियताको मुद्धा मात्र होईन यो त केवल प्रतिनिधि मुलक उदाहरण हो । हरेक राष्ट्रले आफ्नो राष्ट्रिय स्वाधीनताका लागि वलिदान नगरेको इतिहाँस छैन । चाहे त्यो उत्तर कोरिया र अमेरिका विचको लडाई होश, चाहे चीन र जापान विचको लडाई होश, चाहे पाकिस्तान र भारत विचको लडाई होश, चाहे सिरिया र अमेरिका विचको लडाई होश ,चाहे जर्मन र रुस विचको दोस्रो विश्वयुद्धको वेलाको लडाई होश इत्यादि । यी सवै आफ्नो राष्ट्रिय स्वाधीनता र मुक्तिका लागि भएका युद्धहरु हुन ।

नेपाली इतिहाँस पनि सानो छैन । आफ्नो राष्ट्रियताको रक्षाका लागि सन् १८१४ देखि १६ सम्म व्रिटिस इष्ट इण्डीया कम्पनी सरकार संग नेपाली वीर गोर्खालीहरुले वहादुरीतापूर्व लडे देशको सिमाना वचाए । हत्तौं दिन सम्म पानी नखाएर भएपनि नालापानीमा लडे । देउथल,कुमाउ ,गढवाल,टिष्टा,काँगडाको सिमा वचाउन वलभद्ध कंवर,भक्ति थापा,अमरसिंह थापा,लगायतका वीर पुरुषहरुले वलिदान दिए । जसको परिणाम आज हामीले सानै भएपनि नेपाल भन्न पाएका छौ र नेपाली भनि चिनिएका छौ ।

विडम्वना त्यतिवेलाका केही देश भित्रका आत्मसमर्पणवादी राजा महाराजा र नेताहरुका कारण राष्ट्रवादी भिमसेन थापालाई इष्टइण्डीया कम्पनी सरकारको विरोध र सुगौली सन्धी गर्न नहुने अडानका कारण अरु नै झुट्टा मुद्धा लगाई जेलमा राखि सुगौली सन्धि गरियो । यो सन्धिले नेपालको २ तिहाई वढी भू–भाग गुमाउनु पर्यो । सुगौली सन्धि पछि जुन सिमा निर्धारण गरिएको सिमा रेखाहरु थिए । आज ती सिमा रेखाहरु पनि भारतीय पक्ष वाट तोडदै भत्काउदै ,सिमा स्तम्भ सार्दै आउने काम भएको छ । यो सरासर ठाडो हस्तक्षेप र नेपाली राष्ट्रियता माथिको नाङ्गो वलात्कार हो ।
आज लिपुलेख ,लिम्पियाधरा ,कालापानी सुस्ता भारतले औपचारीक रुपमै आफ्नो नक्सामा पारेको छ । नेपाल सरकार मुखदर्शक छ । कुटनीतिक पहल भइरहेको छ भन्छ । राष्ट्रियताको पक्षमा सडकमा आन्दोलन गर्नेलाई पंचायत शैलिमा पक्राउ गरी मुद्धा चलाउदै छ । यो सवै गतिविधिले सरकार राष्ट्रघाती छ । राष्ट्रियता प्रति उदासिन छ । भन्ने प्रष्ट प्रमाण हो । देश राष्ट्रिय स्वाधीनताको संकटमा छ ।

यस्तो अवस्थामा नेपालका सवै राष्ट्रवादी ,देशप्रेमी, नागरिकहरुले एक ढिक्का हुन जरुरी छ । आफ्नो राष्ट्रिय स्वाधीनताको रक्षाका लागि भियतनामी जनताले आफ्नो देशमा पुरा गरेको कार्यभार पुरा गर्नु पर्ने वेला कतै आयो कि त ? भन्ने वेला र सोच्ने वेला आएको छ । भारतीय साम्राज्यवादले दिन प्रतिदिन राजनीतिक,आर्थिक,सामाजिक,र साँस्कृतिक रुपमा त अतिक्रमण गरेकै थियो । तर भौगोलिक रुपमा पनि नाङ्गो रुपमा अतिक्रमण गर्दै आएकाले त्यसका विरुद्ध संघर्ष र प्रतिरोधको विकल्प नेपाली जनताको अगाडी छैन । भियतनामी इतिहाँस दोहोर्याउनुको विकल्प छैन । त्यसैले पनि सवै सच्चा देशभक्त,राष्ट्रवादी नागरिक,पार्टी,संघ संस्थाहरु नेपालको राष्ट्रियताको एउटै झण्डामा गोलवन्द वर्नौं । भारतीय साम्राज्यवादको सवै प्रकारको हस्तक्षेप र अतिक्रमणका विरुद्ध संघर्ष गरौं । हामी सवै नेपालीको दायित्व र कार्यभार यहि हो ।

२०७६ माघ ९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको