राष्ट्रिय सभा निर्वाचन: १८ पदका लागि आज मतदान


माघ ९, काठमाडौँ । राष्ट्रिय सभा सदस्यको आज (बिहीवार) हुने मतदानका लागि सातै प्रदेशमा मतदाताको चहलपहल शुरू भएको छ ।

मतदानका लागि प्रदेश सभा सदस्य तथा स्थानीय तहका मतदाताहरू सम्बन्धित प्रदेशको निर्वाचन केन्द्रमा आउने क्रम बढेपछि चलहपहल शुरू भएको हो ।

निर्वाचन आोगले बिहीवार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकेको छ ।

सातवटा प्रदेशका प्रदेशसभा सदस्य जम्मा ५५० र स्थानीय तह सदस्यतर्फ एक हजार ५ सय ६ गरी कुल दुई हजार ५६ जना मतदाता रहेका छन् ।

यस निर्वाचनमा एक जना प्रदेश सभा सदस्यको मतभार १८ कायम गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

९ माघ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको