यी हुन् प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकका १० निर्णय (विज्ञप्तिसहित)


पुस ७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव कुमार नेपाल पक्षको मंगलबार बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरिएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारीबाट हटाइएकोसहित १० वटा निर्णय उल्लेख गरिएको छ ।

जसमा माधव नेपाललाई पार्टी अध्यक्ष निर्वाचित गरिएको, कृष्ण बहादुर महरालाई स्थायी समितिमा मनोनयन गरिएको, दीर्घ सोडारीको कारबाही फुकुवा गरेर कैलाली अध्यक्षको जिम्मेवारी दिइएको लगायत उल्लेख छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपाको विवाद उग्र बन्दै फुट निश्चित भएको हो । यससँगै चुनाव चिन्हमा एक अर्काले दावेदारी प्रस्तुत गर्न थालेका छन् ।

७ पुष २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको