काठमाडौं उपत्यकामा थपिए १ हजार ५ सय ५२ कोरोना संक्रमित


कात्तिक ६, काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हजार ५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य मन्त्रलायका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसमध्ये काठमाडौंका १ हजार २ सय ८३ जना, भक्तपुरका १ सय १२ जना र ललितपुरका १ सय ५७ जना छन्।

यस्तै देशभर सक्रिय संक्रमितको ४४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयले जानेको छ ।

उनले पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३,२१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यससँगै कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

२०७७ कार्तिक ६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको