देशभर थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय २३ जना डिस्चार्ज


असोज ६, काठमाडौं । देशभर १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११,१५४ जनामा परिक्षण गर्दा १,३५६ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिए ।

यससँगै अहिलेसम्म कोरोना संक्रमितको संख्या ६६,६६२ पुगेको छ । संक्रमित मध्य पछिल्लो २४ घण्टामा ८२३ जना निको भएर फर्केसँगै कुल निको हुनेको हुनेको संख्या ४८,०६१ पुगेको छ भने ४२९ जनाको ज्यान गएको छ ।

कुन जिल्लामा  कति थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा उदयपुरमा १, झापामा २०, तेह्रथुममा १, धनकुटामा १, भोजपुरमा २, मोरङमा ५७, संखुवासभामा ४ र सुनसरीमा ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश २ को धनुषामा ११, पर्सामा ११, बारामा १५, रौतहटमा ४, सप्तरीमा ८, सर्लाहीमा १, सिराहामा ३३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै बागमतीप्रदेशको काठमाडौंमा ५११, काभ्रेमा ३०, चितवनमा २२, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा ६३,मकवानपुरमा ८, रामेछापमा ९ र ललितपुरमा ७३, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जना थप कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कास्कीमा १५, गोरखामा २, तनहुँमा २५, पर्वतमा ३, लमजुङमा ६, स्याङ्जामा ४ जना संक्रमित थपिएका छन् ।
अर्घाखाँचीमा २, कपिलवस्तुमा १९, गुल्मीमा २, दाङमा १९, नवलपरासीमा ८, पाल्पामा ८, प्यूठानमा ८, बर्दियामा २७, बाँकेमा ५८, रुकुम पूर्वमा २५, रुपन्देहीमा ७४ र रोल्पामा १५ जना संक्रमित थपिएका छन् ।

कर्णालीको दैलेखमा १, सुर्खेतमा ४४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

२ जनाको मृत्यु

संक्रमित मध्य आज २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १ र काभ्रेमा १ जना रहेको छन् । यससँगै कोरोना संक्रमित मृतकको संख्या ४२९ पुगेको छ ।

६ आश्विन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको