अब दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने [तालिकासहित]


असोज ६, काठमाडौं । सरकारले दोहा, कुवेत र रियादमा पनि नियमित उडान गर्ने भएको छ । अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले खाडी मुलुकहरुमा पनि नियमित उडान खोल्ने जानकारी दिएको हो ।

यसअघि सरकारले पीसीआर जाँच सहज नभएको भन्दै कतार, कुवेत र साउदीमा नियमित उडान खोलेको थिएन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुरअधिकारीका अनुसार सेप्टेम्बरको तुलनामा उडान सख्या थप गरिएको छ ।

१ अक्टोवर (१५ असोज)बाट लागू हुने गरी तय भएको तालिका अनुसार २५ दिनका लागि सातामा कुल औसत १ सय ९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ ।

दैनिक १३ देखि १५ उडानले अक्टोवरका लागि अनुमति दिइएको छ । थप भएको उडान तालीका अनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारो र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडानको अनुमति पाएका छन् ।

यसबाहेक यसअघि चार्टर्ड उडान मात्र भएका तीन गन्तब्यमा अब नियमित उडान नै हुने भएको छ । अहिले भइरहेका गन्तब्यमा नियमित उडान जारी रहनेछ । कुवेतका लागि जजिरा एयरवेजले अनुमति पाएको छ । रियादबाट भने हिमालय एयरलाइन्सले नियमित उडानबाट यात्रु ल्याउने छ ।

उडान तालिका हेर्नुहोस्

६ आश्विन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको