असोज ६, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–२ बाट अ’फिम सहित दुईजना महिला पक्रा’उ परेका छन् ।
प’क्राउ पर्नेमा थवाङ–२ ठुलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योती रोका र ४५ वर्षीया मुली झाक्री छन् । जिल्लाका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनिहरुलाई थवाङको छेर्लावाङबाट प’क्राउ गरेको हो ।
बिना ज्योती र मुलीको साथबाट ९ किलो ८२ ग्राम ला’गु औ’षध (अ’फिम) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । अ’फिम तस्क’री गर्ने गि’रोहले साईड भिर्ने लेडिज ब्याग बोकाएर ति महिलालाई भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने बताइएको छ ।
बिना ज्योती रोकाले बोकेको बुट्टेदार साईड ब्यागबाट ४ किलो ९३५ ग्राम र मुली झाक्रिले बोकेको रातो साइड ब्यागबाट ४ किलो ८८५ ग्राम ला’गुऔ’षध बरा’मद गरिएको छ ।
अदालतबाट ला’गुऔ’षध मु’द्धामा म्याद थपेर उनिहरुबारे थप अ’नुसन्धा’न भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस