भदौ ६, रोल्पा । बुधबार राती देखि भएको भारी बर्षाका कारण रोल्पा गंगादेव गाउँपालिकाका विभिन्न ठाउँमा पहिरोले क्षेती पुर्याएको छ ।
गंगादेबको वडा नम्बर ३, ४, ७ मा बाढीपहिरोका कारण घरहरु अति जोखिममा रहेका छन् भने बालीनाली नस्ट भएको छ । पहिरोका कारण बाटो सडकहरु बन्द भएका छन् । खोलाहरुमा पुल बगाएर आवतजावतमा समस्या परेको छ ।
विकासको नाममा खनिएका अव्यवस्थित र अबैज्ञानिक सडकहरुले गाउँ-गाउँमा ठुलो क्षति बेहोर्नुपरेको छ । सडक खन्ने तर सडकका ढलहरु ब्यबस्थापन नगर्नुले गाउँ नै जोखिममा रहेको स्थानीय बासीको गुनासो रहेको छ ।
पहिरोका कारण गंगादेब ४ तितेमारेका खल बहादुर वलीको घर अतिजोखिममा रहेको छ भने अन्य दुर्गा प्रसाद वली (दल्सिङ॓), टेकराज वली (दल्सिङ॓), हरिभक्त वली (गौरामाथि), जरु बहादुर डाँगी (गैरानेटा)का घरहरुमा पहिरोले क्षेती पुर्याएको शिक्षक रमेश मल्लले जानकारी दिए । पहिरोका कारण अन्नबालीलाई क्षेती पुर्याए पनि कुनै मानबिय क्षेती भने नभएको उनले जानकारी दिए ।
उक्त क्षेत्रमा पहिरो उद्दार तथा अनुगमनका लागि स्थानीय प्रसासन तथा अन्य जनप्रतिनिधिहरु हालसम्म नपुगेको पिडितहरुको गुनासो रहेको छ । पिडित खल बहादुर वलीले आफुहरुले भोट हालेर जनप्रतिनिधिहरुलाई जिताएको तर आपत बिपतमा उनीहरुको अहिलेसम्म अत्तोपत्तो नरहेको गुनासो पोखे । बरु आफ्नो घरमा परेको पहिरो हटाउन आफैले डोजर प्रयोग गरेका छन् ।
पहिरो पिडित दुर्गा प्रसाद वलीको घरमा स्थानीय जनप्रतिनिधिहरुले सामान्य अनुगमन गरेपनि अन्य घरहरुमा अनुगमन नभएको अन्य पिडितले बताएका छन् ।
यस्तै गंगादेव ३ झारमंग्रामा पनि बुधबार राती आएको बाढीले बालिनालीमा ठुलो क्षति गरेको छ भने तेकम चन्दको घर उच्च जोखिममा रहेको छ ।
मध्येरातमा आएको भिषण बाढीले मकै र सिमि बालीमा ठुलो क्षति गरेको पिडित तेकम चन्दले बताए ! उनले भने- यहि एउटा बारी थियो सबै बाढीले बगायो, सुकुम्बासी बनायो ।
यस्तै गंगादेब ३ कै चामीमा अविरल वर्षको कारण बुधबारराति करिब १:३० बजे आएको पहिरोले २ जना घाइते भएका थिए भने एक दर्जन भन्दा धेरै घरगोठ पहिरोको उच्च जोखिममा रहेका छन् ।
पहिरोमापरि ३० वर्षीया कमला केसी र उनका ८ वर्षका छोरा समीर केसी घाइते भएका हुन् । उनीहरु दुबैजना उपचारपछि घर फर्किएका छन् ।
सल्यानको सिमानासंग जोडिएको चामी गाउँमा अविरल बर्सादका कारण पहिरोले गाउँ नै उच्च जोखिममा रहेको छ । स्थानीय मोहलाल खत्रीका, बाल बहादुर खत्री, तोप बहादुर खत्री, त्रिभान खत्री, नबिन खत्री, तुलसीराम खत्री, खकेन्द्र खत्री, इन्द्र बहादुर खत्री, करण खत्री र टिकाराम खत्रीका घरहरु पहिरोको उच्च जोखिमा रहेका छन् । पहिरोका कारण कुनै मानबिय क्षेती भने भएको छैन।
पहिरोले उक्त क्षेत्रमा रहेको किबी खेतीमा ठुलो क्षेती पुर्याएको छ । घटनास्थलमा इलाका प्रहरी कार्याल दमाचौर र प्रहरी चौकी पातिहाल्नको प्रहरी टोलि पुगेर उद्दार कार्यमा जुटेको थियो ।
गंगादेब ७ मा पनि पहिरोका कारण बाटो सडकहरु अबरुद्द भएका छन् । साबिकको ५ नम्बर वडामा रहेको आराखोला बस्ने चन्द्र बहादुर बिकको घर पहिरोको अति जोखिममा परेपछि परिवारलाइ अन्तै बसाई सराई गरेको वडाध्यक्ष तुल बहादुर जीएमले बताए ।
गंगादेब ३ चामीमा पहिरोका दृश्यहरु
प्रतिक्रिया दिनुहोस