रहेनन् कम्युनिष्ट नेता बरमन बुढा


साउन ७, काठमाडौं । रोल्पा थवाङका पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको हो ।

९० वर्षका बुढा विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो ।

जनयुद्धको उद्गगम थलो थवाङका धरोहर तथा आदर्शका प्रतीकका रुपमा परिचित बुढाको निधनले सिंगो कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति भएको कम्युनिष्ट राजनीतिक अनुयायीहरु बताएकाछन ।

को हुन् बरमन ?

बरमन बुढा थबाङका पुराना कम्युनिष्ट नेता हुन् । उनको जन्म वि.सं. १९८७ श्रावण १७ गते रोल्पाको थबाङमा भएको थियो ।

तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत बरमन बुढा होमिएका थिए । माओवादी पार्टीमा आएको विभाजनप्रति उनी असन्तुष्ट थिए ।

संक्षिप्त राजनीतिक जिबनी

बरमन बुढा २०४८ सालको निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ बाट संयुक्त जनमोर्चाका तर्फबाट चुनाव जितेका थिए । त्यतिबेला रोल्पा २ नं. क्षेत्रबाट सभामुख कृष्णबहादुर महरा विजयी भएका थिए ।

नेता बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए । जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बरमन बुढा थिए । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए ।

उनको कछाडको चर्चा

२०४८ सालमा पार्टीको जिल्ला सचिव बनेका बुढा सांसद भएपछि छातीमा दुबैतर्फ छड्के पारेर लगाउने खाडीको कपडाको भाङ्ग्रो र कछाड बाँधेर खाली खुट्टै सिंहदरबार छिर्ने पहिलो व्यक्ति हुन् । उनको यो सरल जिबन शैली र ब्यबहारको कारण कम्युनिष्टको सर्बहारा जिबन शैलीको रुपमा एक उदाहरणीय व्यक्तिको रुपमा लिइन्छ ।

जेल जिबन 

गाउँमा मुखियाहरुको अन्याय अत्याचारको विरोध गर्दा उनी जेल परेका थिए । प्युठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उनलाई कम्युनिष्ट बनाएको थियो । त्यसपछि २०१२ सालमा थवाङ फर्किएर उनले कम्युनिष्टको बिजारोपण गरेको बताइन्छ ।

२०७७ श्रावण ७,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको