कोरोना संक्रमणबाट इटलीमा एकै ७ सय ९३ को मृत्यु


चैत ९, काठमाडौं । इटलीमा कोरोना भाइरसको संक्रमणबाट शनिबार मात्रै ७ सय ९३ जनाको मृत्यु भएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

वर्ल्डओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १ हजार ५६४ ले बढी हो ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ ।

योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ छ । यीमध्ये २ हजार ८ सय ५७ को अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

२०७६ चैत्र ९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको