प्रगतिशील पत्रकार संघको अध्यक्षमा उदय जीएम

उदय जीएम

फागुन १०, बुटवल । प्रगतिशील पत्रकार संघ, नेपालले बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने गरी उदय जीएमको नेतृत्वमा आयोजक समिति गठन गरेको छ ।

शनिबार संघका उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै सम्मेलन आयोजक समिति गठन गरेको हो । संघको बैठकले पुरानो समिति भंग गरी उदय जिएमको अध्यक्षतामा श्यामलाल पोखरेल सचिव र बिनोद पौडेल कोषाध्यक्ष रहेको आयोजक समिति गठन गरेको हो ।

लामो समय दाङबाट पत्रकारिता गरेका जीएम हाल काठमाडौंबाट संचालन भैरहेको दैनिक अनलाइनको प्रधानसम्पादक छन् । विगत तीन दशकदेखि पत्रकारितामा क्रियाशील जीएमले यसअघि नयाँ युगबोध दैनिक, अन्नपूर्ण पोष्ट, सगरमाथा टिभी, इ–हुलाकी अनलाइनलगायतका सञ्चारमाध्याममा काम गरिसकेका छन् ।

प्रगतिशील पत्रकार संघको महासचिवका रुपमा दुई कार्यकाल पूरा गरिसकेका जीएम हाल नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव पनि हुन् ।

१९ सदस्यीय आयोजक समितिको सदस्यहरुमा महेश रिजाल, तिलक गाउँले, माधव भाट, प्रज्वल पहाडी, लक्ष्मी चौधरी, नारायण गिरि, विद्यानाथ अधिकारी, गोपाल बराइली, श्याम घिमिरे, प्रकाश थापा, तारानाथ शर्मा, राम सुवेदी, सुमन अधिकारी, भाषा शर्मा, शुक्र भण्डारी र जुमानसिंह केसी रहेका छन् ।

आगामी चैत ६ गते काठमाडौंमा आयोजक समितिको बैठक बसी सम्मेलनको मिति र समय तय गर्ने सचिव श्यामलाल पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

१० फाल्गुन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको