साथीरुले यो जाडोमा माइतीघर मण्डलामा दुःख नगरे हुन्छ: प्रचण्ड

फाइल तस्बिर

माघ ८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानवअधिकारकर्मीहरुलाई जाडोमा माइतीघर मण्डलामा बस्ने दुःख नगर्न आग्रह गरेका छन् ।

सशस्त्र द्वन्द्वकालीन मुद्दामा आरोपित अग्नि सापकोटालाई सभामुख बनाउन लागेको भन्दै मानवअधिकारकर्मीहरुको एउटा समूहले बुधबार मण्डलामा प्रदर्शन गरेको थियो ।

तर नेकपा अध्यक्ष प्रचण्डले सापकोटालाई सभामुख बनाउन सिंगो देश एक ठाउँमा उभिएको बताए । उनले भने, ‘उहाँमाथि केही पनि छैन, बेकारको कुरा हो त्यो ।’

अघि भने, ‘हाम्रो पार्टीले त सर्वसम्मत रुपमा अग्निप्रसाद सापकोटालाई हामीले अघि सार्‍यौं । प्रतिपक्ष र अरु पार्टीहरुले समेत समर्थन गरेपछि राष्ट्र एकठाउँमा भएको बेलामा साथीरुले यो जाडोमा माइतीघर मण्डलामा दुःख नगरे हुन्छ ।’

८ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको