दुबईको बरदुबईमा नयाँ नेपाली कार्गो खुल्ने


माघ ८, दुबई। दुबईको लोकप्रिय भेटघाटकेन्द्र बरदुबईमा नयाँ नेपाली कार्गो खुल्ने निश्चित भएको छ । युएईका बजारमा पाइने गुणस्तरीय सामग्रीहरु नेपाल लगायत अन्य देशहरुमा समयमै पुर्‍याउने लक्ष्य लिएर कार्गो व्यावसाय शुरु गर्न लागेको संचालक ओमप्रकाश न्यौपानेले बताउनु भएको छ ।

विशेष गरी नेपालीहरुकै सेवा र सुविधाको लागि अति भरपर्दो कार्गो सेवा प्रदान गर्ने उदेश्य लिएर नेपाली युवा व्यावसायीहरुको अग्रसरतामा रिलायवल स्टार कार्गो एलएलसी बर दुबईको कोसेली ट्राभल सँगैकाे भवनमा आगामी ३१ जनवरीमा उदघाटन हुने संचालक न्यौपानेले जानकारी दिनुभएको छ ।

नेपालीहरुलाई नै पहिलो प्राथमिकतामा राखेर स्थापना गर्न लागेका कारण युएईमा रहेका नेपाली सामाजिक संघसंस्थाका प्रमुख/ प्रतिनिधि, व्यापारी, पत्रकार तथा सर्वसाधारण नेपालीहरुलाई संचालकहरुले विशेष निमन्त्रणा गर्नुभएको छ ।

काठमाडौं उपत्यकामा हालसम्मको सस्तो दरमा युएईबाट कार्गो सुविधा प्रदान गरिने सन्चालकले दाबी गर्नुभएको छ । नेपालका सबै जिल्लाहरुमा छिटो, सस्तो र भरपर्दो सेवा दिने लक्ष्यका साथमा स्थापना हुन लागेको रिलायवल स्टार कार्गोलाई सेवा गर्ने अवसर दिन संचालकहरुले युएईमा रहेका नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

८ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको