पुस ६, दाङ । दाङमा मोटरसाइकल र जिप एकआपसमा ठोक्किंदा २ जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक सल्यान कालीमाटी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ४४ वर्षका रविलाल बस्नेत र सोही मोटरसाइकलमा सवार उनकी छोरी १४ वर्षीय पुजा बस्नेत रहेको प्रहरीले बताएको छ ।
तुलसीपुर नगरपालिका -२ डाँडाचिसमा तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा १ ब ४०४५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा १ ज ४६९ नम्बरको जिप एकआपसमा ठोक्कीदा सोमबार दिँउसो दुर्घटना भएको हो ।
घाइते दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ । मोटरसाइकल, जिप र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस