उपत्यकामा एकैदिन थपिए ३ हजार १०७ जना कोरोना संक्रमित


कात्तिक ५, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्।

काठमाडौंमा २३९१ , ललितपुरमा १७३ र भक्तपुरमा ५४३ गरी ३ हजार १०७ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

४४ हजार ४७४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १४ हजार ६७६ जना रहेका छन् भने होम आइसोलेसनमा २०हजार ८ सय जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ११८ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २९ सय ९६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।

आइसीयूमा २६९ र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७९१ जनाको मृत्यु भएको छ। बुधबार मात्रै २६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

२०७७ कार्तिक ५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको