काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि

फाइल तस्बिर

असोज ५, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आइतबार उपत्यकामा काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै सोमबार देशभर थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

५ आश्विन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको