असोज ५, काठमाडौं । सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस