भदौ ५, काठमाडौं । नेपाल वायुसेवा निगमले दुवईमा टिकट काटेर पनि आउन नपाएका यात्रुलाई दुईवटा जहाज मार्फत आइतबार ल्याउने भएको छ ।
निगमले भदौ २ गते दुवई काठमाडौंका लागि तय गरेको उडान सीसीएमीको निर्णयका कारण दुवई पुगेर पनि जहाज रित्तै फर्किएको थियो ।
निगमले यात्रुहरुलाई काठमाडौंमा क्वारेन्टिन व्यवस्थापनको कारणबाट ल्याउन नसकिएको भन्दै सोही उडानको काठमाडौंबाट दुवईको लागि २३५ यात्रु तथा १५ टन कार्गो समेत रहेकोले सो एकतर्फी उडान सञ्चालन गर्नुपरेको जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुवईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुहरुका लागि आगामी २३ अगष्ट (आइतबार) २ उडान सञ्चालन हुने भएकोले कोभिड नेगेटिभको रिपोर्ट लिएर यात्रा गर्न निगमले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस