काठमाडौं उपत्यकामा १ सय ८२ जनालाई कोरोना संक्रमण पुष्टि


भदौ ५, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बिहीबार मात्रै २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

२०७७ भाद्र ५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको