भदौ ५, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।
बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय मुरारीप्रसाद उपाध्यायको शुक्रबार मृत्यु भएको हो । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियो ।
उनी साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका थिए । त्यही दिन वीर अस्पतालको प्रयोगशालामा स्वाब दिएका उनको रिपोर्ट ३२ गते पोजेटिभ आएको थियो ।
त्यसयता गि्रनसिटीमा रहेका उनको अवस्था गम्भीर भएपछि बिहीबार मात्र एपीएफ अस्पताल लगिएको थियो ।
मुरारीको शव व्यवस्थापनको लागि कोही पनि नआएको अस्पतालले जनाएको छ । यसअघि बिहीबार साँझ बालुवाटार निवासी ७६ वर्षीय वृद्धको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस