विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस नगर कमिटीद्वारा वृक्षारोपण


साउन ६, बझाङ । नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बुङ्गल नगरपालिका कार्य समितिले वृक्षारोपण गरेको छ ।

जिल्लाको बुङ्गल नगरपालिका कार्य समितिले त्रिवेणी आदर्श बहुमुखी क्याम्पस विजगडा र खिरातडी स्वास्थ चौकी बुङ्गलमा सल्लाका बोटहरू रोपेको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख धनबहादुर बिष्टले विपी कोइरालाको मनन् र चिन्तनलाई हामीले अङ्गिकार गर्न नसकेको बताए । बिष्टले भने, “हामी अहिले विलासी बढी छौं । सर्वस्वहरणसहित देश निकाला गरिएका विपीले कठोर सङ्घर्ष गरेका थिए ।”

विपीले देखाएको समाजवादलाई अङ्गाल्न सकेमात्र विपी स्मृतिको माल्यार्पण हुने नेपाली कांग्रेस बझाङ जिल्ला कार्य समिति सदस्य गुणाकर जोशीले बताए । विपी कोइरालाले आत्मसाथ गरेका विचार र सिद्धान्तलाई कांग्रेसले मनन् गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै नगर कार्य समितिको बैठकले भातृ सङ्गठन तरूण दलको नगर सभापतिमा शेरबहादुर कुवँरलाई नियुक्त गरेको छ ।

२०७७ श्रावण ६,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको