जेठ ८, काठमाण्डौ । बैदेशिक रोजगारका लागि गत पुस महिनाको पहिलो हप्ता छिमेकी भारतको नयाँ दिल्ली नजिकै बल्लु खेदाको चाइनिज कम्पनी भिभोमा नेपाली कामदार पुगे थिए ।
नयाँ दिल्ली बस्दै म्यानपावर सप्लाई गर्ने बाँकेका उमेश नामका एजेन्टले राम्रो कमाई हुने लोभ देखाएर चालिस देखि एक लाखसम्म असुलेका थिए ।
कामदार गएको दुइ महिना नबित्दै लकडाउनको प्रभावले रोजगारी गुम्न पुग्यो। धेरै जसो घर फर्किए भने केहि लकडाउन खुलेपछी पुन: काम गर्ने भन्दै बसे । दुइ महिना बिति सक्दा पनि लकडाउन नखुल्दा र काम नचल्दा उक्त भिभो कम्पनीबाट ११० जना नेपालीहरु निस्किए । तिनै नेपाली मजदुरहरुलाई नेपाल आ-आफ्नो घर नजिकको बर्डरसम्म भारतीय सरकारी गाढिले निशुल्क पुर्र्याइ दियो ।
जस्मध्य बाके बर्दियाका दुइ जना, दाङ्गका दुइ जना र रोल्पाका छ जना गरि जम्मा दश जनालाई कपिलवस्तुको कृष्णनगर सिमानामा बैशाख १० गते ल्याई छाडियो ।
रोल्पा लुङ्ग्री-६ का चुम बहादुर रोका, टोप बहादुर रोका र लेकिन्द्र रोका, त्रिवेणी-२ का बिकास घायल र कमल थापा छन भने रुन्टिगढी-९ का यमराज चलाउने सहित ६ जना थिए ।
यसरी घर आउन लागेका मजदुरलाई सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले उतै भारत तर्फ जान भन्दै हप्की दप्की गरेको मजदुरले सुनाउदै भने उता भारतीय सुरक्षाकर्मीले नेपाल तर्फ लखेट्दा उनिहरुले नेपाली सुरक्षाकर्मीलाई भने, ‘हामीलाई भन्नुस के हामि नेपालि नागरिक2 हैनौ ? हामीलाई हाम्रो देश फर्कन प्रतिबन्ध किन लगाइयो ? हामि हाम्रो घर फर्कन अधिकार छैन ?’
यस्तै मजदुरहरुको दवावका कारण सुरक्षाकर्मीले उनिहरुलाई कृष्णनगर नगरपालिका १ को नेपाल उद्योग बाणिज्य संघ कपिलबस्तुमा लिएर राखेको पिडित चुम बहादुर रोकाले पोष्ट पाटीलाई बताए।
नेपाल उद्योग बाणिज्य संघ कपिलबस्तुमा राखेको दिन देखि नै घर पुग्न आफ्नो स्थानीय तह गाउपालिकालाई पहल थाले तर विभिन्न समस्याको कारण मंगलवार मात्रै लुङ्री गाउँपालिका प्रमुख दुर्गा खड्काले रोल्पाबाटै गाडी पठाउन खोज्दा ड्राइभरले नमानेपछि गाउँपालिका प्रमुख दुर्गा खड्का र पुर्व सिंचाई मन्त्रि नेपालि काँग्रेसका नेता तथा रोल्पाका सभापति अमर सिंह पुनको सहकार्यमा कपिलबस्तुको स्थानिय सवारी साधन मिलाएर अलपत्र मजदुरलाई बुधवार सम्बन्धित गन्तव्य स्थानसम्म पुर्याएका छन् ।
संगै रहेका दाङका मजदुरलाई भने स्थानिय तहले तत्काल उद्दार गरेको उनिहरुले सुनाए ।
पिडितले गुनासोपछि पुर्व सिंचाई मन्त्रि नेपालि काँग्रेसका नेता तथा रोल्पाका सभापति अमर सिंह पुनसंग बुधबार बिहान कुरा गर्दा अहिलेको यो अवस्थामा सरकारले आफ्ना नागरिक प्रति तदारुकता नदेखाएको र आफुले प्रदेश पाँचमा पहल गर्दा पनि नतिजा नआए पछि आफैले पिडितहरुलाई राखिएको ठाउमा ब्यबस्थापनको लागि भनसुनदेखि अलपत्र मजदुरलाई तत्काल सम्बन्धित गन्तव्य स्थानसम्म पुर्याउने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस