गंगादेव ३ का वडाध्यक्षद्वारा लकडाउनका बेला घर-घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


बैशाख ८, रोल्पा । रोल्पाको गंगादेव गाउँलिका -३ का वडाध्यक्ष जलेश कुमार केसीले लकडाउनका बेला घर-घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।

लकडाउनको समयमा भिडभाड हुने भन्दै जेष्ठ नागरिक, दलित, विधवा र अपाङ्ग अशक्त लगायतलाई घर-घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।

कोरोना भाइरसको त्रासका बेला भिडभाड हुने र सवारी साधन नचलेपछि वृद्धवृद्धा र अपाङ्ग वडाकार्यालयसम्म आउन असहज हुने भएपछि घर-घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष जलेश कुमार केसीले जानकारी दिए ।

गंगादेब ३ मा जेष्ठ नागरिक १ सय १५, दलित जेष्ठ नगरिक ४, विधावा महिला ५४, पूर्ण अपाङ्ग ३, अति अपाङ्ग असक्त १७ र बालबालिका सुरक्षा दलित भत्ता लिने ९ जना गरि जम्मा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या २ सय २ जना रहेको वडा न. ३ का सचिव कमल पुनले जानकारी दिए ।

यस वडामा बार्षिक सामाजिक सुरक्षा भत्तामा मात्र करीव ६० लाख खर्च भैरहेको उनले जानकारी दिए ।

गाउँपालिकाले दियो भारतीय मजदुरलाई राहात

यस्तै गंगादेव गाउँपालिका स्थित वडा न. ३ मा निर्माणाधीन नेपाल टेलिकमको फोरजी टावर बनाउन आएका ६ भारतीय र १ नेपाली मजदुरलाई गाउँपालिकाले राहात उपलब्ध गराएको छ ।

कोरोनाविरुद्द लड्न गरिएको लकडाउनमा परेपछि टावर बनाउन आएका ति मजदुरहरुलाई गाउँपालिकाले १ कुन्टल चामल, १५ केजी दाल, ४ पोका नुन र १ गत्था खाने तेल उपलब्ध गराएको वडाध्यक्ष केसीले जानकारी दिए ।

उनीहरुले यस आघि जाजरकोटमा काम गर्दै आएको बताएका छन् । उनीहरुले यहाँको टावरमा काम गरेको झन्डै ३४/३५ दिन पुगीसकेको र काम सकिएको केसीले जानकारी दिए ।

अध्यक्ष केसीले भने- ‘हामीले गाउँपालिकामा ल्याएर उनीहरुको स्वास्थ्य परिक्षण गराएका छौ, अवस्था सामान्य छ, उनीहरु टावरकै काम गर्न ३ महिना अघि नेपाल आएको पाइएको छ, त्यस्तो डराउनुपर्ने अवस्था छैन’, ।

२०७७ बैशाख ९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको