आरडिटी रिपाेर्ट पाेजेटिभ देखिएका सल्यानका युवककाे परिवारकाे रिपाेर्ट नेगेटिभ


बैशाख ९, सल्यान । सल्यानमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपाेर्ट पाेजेटिभ आएका शारदा नगरपालिका १ चैबाङजिउलाका युवककाे परिवारलाइ पनि क्वारेन्टाइनमा राखेर (आरडिटी) परिक्षण गरिएकाे छ ।

ति युवाका ५ जना परिवारलाइ साेमबार साँझ जिल्ला अस्पताल सल्यानमा रहेको क्वारेन्टाइनमा ल्याईएर (आरडिटी) परिक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएकाे स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए ।

अहिले युवकलाइ आइसुलेनमा राखिएकाे छ भने उनका ५ जना परिवारलाइ क्वारेन्टाइनमा राखिएकाे छ । भाेली मंगलबार ति युवककाे स्वाव संकलनकाे गरेर पिसिआर परिक्षणका लागी सुर्खेत पठाउने तयारी भैरहेको डा. बुढाले बताए ।

अहिले नै र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट गरिएको परिक्षणलाइ अन्तिम भन्न मिल्दैन् । कोरोना भाइरस पुष्टी भए नभएको अन्तिम बिधीमा स्वाव संकलन गरेर पिसिआर परिक्षण गर्नुपर्ने हुन्छ । केहिदिन अघि पश्चिम रूकुमका २ युवामा पनि यस्तै गरेर आरडिटी परिक्षण गर्दा रिपाेर्ट पाेजेटिभ देखिएपनि पछि पिसिआर परिक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएकाे थियाे ।

आरडिटी रिपाेर्ट पाेजेटिभ आएकाे सल्यानका ति युवाकाे अहिले स्वास्थ्य अवस्था सामान्य भएकाे जिल्ला अस्पताल सल्यानले जनाएकाे छ । उनी चैत ६ गते युएइबाट घर आएका थिए । घर आएकाे बेला उनकाे स्वास्थ्यमा काेराेनाकाे कुनै लक्षण नदेखिएपछि उनलाइ सामान्य ढंगले हेरिएकाे थियाे ।

अब पिसिआर परिक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएमा अवस्था सामान्य हुने र यदी रिपाेर्ट पाेजेटिभ आएमा उनि सँग सम्पर्कमा रहेका सबैलाइ निगरानी गरिने स्वास्थ्य कार्यालय सल्यानकाे भनाइ छ ।

९ बैशाख २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको