बैशाख ९, सल्यान । लकडाउन उल्लंघन गरेकाे खबर प्रहरीसम्म पुर्याएकाे भन्दै सल्यानमा एक समुहले एउटा घरपरिवारलाइ कुटपिट गरेकाे छ ।
साेमबार बागचौर नगरपालिका वडा नम्बर २ चयालगाउँ स्थित तारादेव शर्माकाे घरमा साेहि गाउँका दर्जन बढी व्यक्तिहरू आएर उनकाे परिवारलाइ कुटपिट गरेका हुन ।
शर्माकाे घर नजिकै विवादित खानेपानी याेजनाकाे काम गरिरहेका समुहलाइ अदालतमा बिचारधिन रहेकाे याे निर्माण काम अहिले गर्न हुँदैन् भन्दै शर्माले राेक्न आग्रह गरेका थिए । उक्त समुहले शर्माकाे आग्रह नमानेपछि शर्माले प्रहरीलाइ लकडाउनमा काम गरेकाे भन्दै खबर गरे र प्रहरीले फाेन गरेर काम राेक्न दबाब थियाे ।
साेमबार बिहान १० बजे उक्त निर्माणकाे काम राेकेर घर गएका साे समुह दिउँसाे साढे १२ बजे शर्माकाे घरमा आएर विवाद गरेर कुटपिट गरेकाे परिवारकाे भनाइ छ । गाउँका दर्जनाैं व्यक्ती घरमा आएर गरेकाे कुटपिटबाट तारादेव शर्माकाे आमा र श्रीमती घाइते भएका छन् । उनिहरूलाइ प्राथामिक स्वास्थ्य चाैकी थारमारेमा सामान्य उपचार गरेर राती नै दाङ लगिएकाे छ ।
के हाे खानेपानीकाे विवाद ?
गाउँलेहरूले ट्यांकी निर्माण गर्दै गरेकाे शर्माकाे जग्गामा रहेकाे खानेपानीको विवाद अदालतसम्म पुगेकाे छ । शर्माले उक्त पानी पहिले आफु एक्लैले प्रयाेग गर्दै आएका थिए । तर पछि बागचाैर नगरपालिकाले उनकाे घरदेखि माथिकाे गाउँकाे लागि खानेपानीकाे याेजना बनायाे ।
शर्माकाे जग्गमा रहेकाे खानेपानीलाइ मुहान बनाएर खानेपानीकाे याेजना बनाइएकाे थियाे । आधा पानी शर्माले प्रयाेग गर्न पाउने र आधा पनि गाउँलेले पाइप राखेर लिन पाउने सहमति अनुसार काम भएकाे शर्माकाे भनाइ छ ।
तर पछि गाउँलेहरूले आलुलाइ समितीबाट हटाएर आफ्नाे निजी ट्यांकी एक्लाैटी ढंगले भत्काइ सबै पानी आफुले लिन लागेपछि विवाद सुरु भएकाे उनकाे भनाइ छ । गाउँलेहरूले आफ्नाे ट्यांकि भत्काएपछि शर्माले पनि गाउँलेकाे ट्यांकी भत्काएकाे आरोपमा गाउँलेहरूले आफुलाइ सार्वजनिक मुद्दा हालेर २० दिनसम्म हिरासत बसाएकाे उनले बताए । याे मुद्दा अहिले जिल्ला अदालत सल्यानमा बिचारधिन छ ।
यसैबीच आफ्नाे विद्यालयका शिक्षककाे परिवारमाथी कुटपिट भएकाे भन्दै ब्राइट रोज ल्यान्ड बोर्डिङ स्कुल बागचाैरले एक विज्ञप्ती जारी गरेकाे छ । विद्यालयमा प्रिन्सिपल इन्द्र भण्डारीले जारी गरेकाे विज्ञप्तीमा घटनाको सत्य तथ्य छानविन गरेर दाेषिमाथी कडा कारबाही गर्न र घर भित्र भय रहित वातावरणमा स्वतन्त्र पुर्बक बाच्न पाउने अधिकारको सुनचित गर्न माग गरिएकाे छ ।
यस्ताे छ विज्ञप्ती
प्रेस बिज्ञप्ति
मिति २०७७/०१/ ०८ गते बागचौर नगरपालिका वडा न 2 चयाल गाउँ निबासी हाम्रो बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख तारदेब शर्मालाई र उहाँको परिवारलाइ विस्व व्यापी कोरोणको महमारिको अबस्थामा नेपाल सरकारले नेपाली जन्तालाइ त्यस बाट जोगाउन देस पुरै लगडाउन(बन्दा बन्दी) गरेको बखत सरकारको कुनै प्रबाह नगरी गाउँका दर्जनौं मान्छेहरु उहाँको घरमा आइ घर घेरी उहाँ र उहाँको परिवारलाइ कुटपिट गरेको घटना सुन्दा बिद्यालय परिवारअत्यन्त दुखी भएको छ ।
बागचौर नगर कार्यपालिका बाट बिन्योजित बजेट बा न पा 2 चयाल गाउँ लिप्ट खाने पानीको योजना पहिले देखी विवाद रहेको र हिजो निर्माण कार्य अगाडी बढाउने क्रममा तारादे देब शर्माले निर्माण स्थलमा पुगि यो लकडाउनको अबस्थामा काम किन अगाडि बढाउनु भयो भनी सोधपुछ गर्दा योजना निर्माण समिति बाट उल्टै वहाँलाइ हात पात गरेको र पछि निज तारादेब शर्म घर तिर लागे पछि पुरै गाउका मान्छेहरु वहाँको घरमा आइ घर घेराउ गरि वहाँको बिधुवा आमा, सुत्केरी स्वास्नी ,बहिनी लगायत सबै घर परिवारलाइ कुटपिट गरेको कुरा उहाँको अंकल जोतिराम शर्मा मार्फत बुजियो ।
यो पानीको मुद्दा बागचौर नगरपालिकाको न्यायक समितिमा बिचाराधिन रहेको छ भने ट्याङ्की तोडफोडको आरोप लागाइ तारादेब शर्माको नाममा समाजिक उप्रधो गर्ना नहुने मुद्दा जिल्ला अदालत सल्यानमा मुद्दादर्ता छ ।
हिजो साझा हामी पुग्दा प्राथमिकता स्वास्थे केन्द्र थारमारेमा प्रथामिक उपचार पछि प्रथामिक स्वास्थ केन्द्रको रिफरमा तरादेब शर्माको सहपरिवार गहभरी आशु सहित झिसमिसे रातमा उपचारको लागी जिल्ला बाहिर जादै गर्दाको यो दर्दनाक दृश्यले झनै गम्भीर बनाएको छ।
अतह यो अबस्थामा यो गम्भीर खालको घटनाको सत्य तथ्य बुझी दोसि उपर कडा भन्दा कडा कार्बाही गरि मान्छेको घर भित्र भय रहित बाताबरणमा स्वतन्त्र पुर्बक बाच्न पाउने अधिकारको सुनचित गर्नाहुना गर्ना सम्बन्धित निकायको ध्यानाकर्षणको लागी जडदार माग गर्ना चाहान्छौ। यो घटनाको भत्सर्ना र खबरदारी गर्ना सम्पुर्ण राजनैतिक दल, समाज सेबि, बुद्धिजीवी, नगरीक समाज, पत्रकार, मिडिया क्रमी यबम सम्पुर्णमा अनुरोध गर्द छौ।
पिन्सिपल
ब्राइट रोज ल्यान्ड बोर्डिङ स्कुल
बा न पा २ सल्यान
प्रतिक्रिया दिनुहोस