समाजसेवी सुषमा राईद्वारा एक महिनाको घरभाडा नलिने घोषणा

सुषमा राई

चैत ८, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित आफ्नो घरमा भाडामा बस्नेहरुका लागि सुषमा राईलेले १ महिनाको भाडा नलिने घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेकी हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व आइसीसी सदस्यसमेत रहेकी राईले आर्थिक मन्दीलाइ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको जानकारी दिईन ।

‘एक महिनाको भाडा नलिने जानकारी घाडामा बस्ने सबैलाई गराएकी छु । सबै मिलेर कोरोनाबिरुद्ध लडनका लागि मैले यस्तो निर्णय लिएकी हुँ’, राईले भनिन । ‘त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कतव्य हो । घरमा भाडामा बसिरहनुभएकाहरूलाई एक महिनाको घरभाडा नलिने निर्णय पनि गरियो’, राईले सामाजिक संजाल फेसबुकमा लेखेकी छन ।

उनले आगाडी थापेकी छन् , ‘संकटको बेला सबै संयमित बनौं, परिस्थिति जस्तोसुकै होस मनस्थिति बलियो बनाऔं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका थिए ।

२०७६ चैत्र ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको