अजयबाबुको त्यो हिम्मत, जसले सभामुख र सञ्चारमन्त्रीको पद नै खुस्काईदियो


फागुन ९, काठमाडौं । हाम्राकुरा डटकम अनलाइन र त्यसका सम्पादक अजयबाबु सिवाकोटी अहिले चर्चित बनेका छन् । विभिन्न नाम चलेका ठुला मिडियाले त ठुलो काण्डहरु बाहिर नै ल्याउन चाहेनन् । नयाँ पत्रिकाले समाचार नै प्रकाशित गर्न नमानेपछि एक पत्रकार ले त राजीनामा समेत दिए । तर , ठुलो मिडियाले वाहिर ल्याउन नसकेको ठुलो काण्ड अजयबाबुले हिम्मत गरेर बाहिर ल्याए फलस्वरुप उनले सभामुख र सञ्चारमन्त्रीको पद खुस्काइदिए ।

गत असोज १२ गते लागेसँगै राति तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी महिला कर्मचारीको रुममा रक्सी बोकेर गएर यौनदुर्व्यवहार गरेको भनिएको भडियो हाम्राकुराले प्रसारण गर्यो । यो भिडियो प्रसारण भएसँगै महरा आलोचित मात्रै भएन असोज १४ गते सभामुख पदबाट राजीनामा दिएर १०३ दिन जेल बसेर अदालतले सफाइ दिएपछि यहि फागुन ५ गते रिहा भए ।

त्यस्तै बिहीबार बिहान सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद शिलशिलामा कमिसनका लागि स्वीस एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोडको मोलतोल गरेको अडिओ पनि हाम्राकुराले सार्वजनिक गर्यो र रातारात त्यो अडियो सामाजिक संजालमा भाइरल भयो । उक्त सार्वजनिक अडिओको आधारमा कमिसनको मोलतोल गर्ने व्यक्ति थिए, सञ्चारमन्त्री गोकुल बाँस्कोटा । यही कारण प्रधानमन्त्रीका विश्वासपात्र मानिएका बाँस्कोटाले पनि मन्त्री पद गुमाउनु पर्‍यो ।

९ फाल्गुन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको