फागुन ९, सल्यान । महाशिवरात्रीको अवसर पारी सल्यानको मुलपानीमा शिव मन्दिर उद्घाटन गरिएको छ ।
शुक्रबार कपुरकोट गाउंपालिकाका अध्यक्ष भिम बहादुर सेनले मन्दिरको उद्घाटन गरेका हुन । गाउंपालिकाको ३ लाख रुपैयाको बजेट बाट मन्दिर संगै सिढी निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मोति राम बुढाथोकिले जानकारी दिए ।
गाउंपालिका उपाध्यक्ष तिला बुढा, साहित्यकार भद्र सिंह बुढा, वडा नम्बर ३ का वडा अध्यक्ष मीन बहादुर सेन, कार्यपालिका सदस्यहरु ललिता गिरि, ठकबिर बिक, प्रहरी चौकी कपुरकोटका इन्चार्ज दत्त बहादुर मल्ल लगाएतले मन्दिरमा पुजा अर्चना गर्दै गुफाको पनि अवलोकन गरेका थिए ।
मन्दिर संगै चमेरे गुफा पनि रहेको छ । रमणिय र ऐतिहासिक महत्व बाइकको मुलपानीलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गरिने गाउंपालिका अध्यक्ष सेनले बताए । मन्दिरको प्रांगण फराकिलो बनाउने, तारवार गर्ने, सिढीमा रेलिङ निर्माण गर्ने जस्ता काम अझै बांकी रहेकाले यस तर्फ पनि गाउंपालिकाले ध्यान दिने उनले बताए ।
यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष मीन बहादुर सेनले मुलपानीमा रहेको गुफाको संरक्षण, बिकास र प्रचार प्रसार गरि आन्तरिक तथा वाह्य पर्यटक भित्राउले लक्ष्य रहेको बताएका छन् । स्थानियहरुले मुलपानीको चमेरे गुफा निकै पुरानो रहेको जनाएका छन् ।
स्थानिय प्रविन शाहले आफुहरु गुफाको ७२ मिटर भित्र सम्म गएको बताए । ओझेलमा परेको गुफा स्थानिय सरकार आएपछी गेट निर्माण, गुफासम्म बिध्युत पुरयाउने तथा मन्दिर र सिढी निर्माण जस्ता काम भएको उनले जनाए ।
प्रतिक्रिया दिनुहोस