सेक्युरिटी मेसिन खरिदसम्बन्धी का’ण्डमा प्रधानमन्त्रीको संलग्नता: विप्लव


फागुन ९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सेक्युरिटी मेसिन खरिदसम्बन्धी का’ण्डमा प्रधानमन्त्री केपी वलीकै संलग्नता भएको अाशकां गरेका छन् ।

महासचिव विप्लवले शुक्रबार जारी गरेको विज्ञप्तिमा सिंगो देशले कार्बाहीको माग गरीरहेका बेला प्रधानमन्त्री ओलीले बास्कोटालाई कार्बाहीबाट जोगाउन लागेको भन्दै सरकारका लागि यो का’ण्ड अभिषाप भएको बताएका छन् ।

‘देशको सुरक्षासगँ जोडिएको संवेदनशीलतासगँ जोडिएको मुद्धामा प्रम ओलीका असली चेलाको यो का’ण्डले देश नै लज्जित भएको छ । यो काण्डमा प्रम ओलीको संलग्नताको आशंका छ । हाम्रो पार्टी यो काण्डको निष्पक्ष छानविनको माग गर्दछ । ठूलो आकारको जहाज काण्डमा पनि प्रम ओलीको संलग्नता देखिन्छ । तसर्थ यस्तो भ्रष्ट, कमिसनखोर, र राष्ट्रघाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थ र देशभक्त र लोकतान्त्रिक शक्तिलाई आ आफ्नो मोर्चाबाट उत्रन पार्टी बिशेष अपील गर्दछ ’ महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै उनले प्रहरीले अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विकमाथि चरम यातना दिएको र नेता कार्यकर्तालाई झुट्टा मुद्धा लगाएर दुख दिएको भन्दै यस्तो कार्य रोक्न र सबै गिराफ्तार नेता कार्यकर्तालाई विना शर्त मुक्त गर्न माग गरेका छन् ।

हेर्नुस् विज्ञप्तिः

९ फाल्गुन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको