सल्यान काभ्रा घटना अझै रहस्यमयी: को हुन् कवितासँग फोनमा कुराकानी गर्ने केटा ?


फागुन ९, सल्यान । गएको फागुन २ गते प्रेम दिवसको राती सल्यान त्रिवेणी गाउँपालिका १ तल्लोकाभ्रा निवासी १७ वर्षिया कविता बोहराको धा’रिलो हति’यार प्रयोग गरी ह’त्या गरियो । घटना भएको आज शुक्रबार एकहप्ता पुगेको छ तर अहिलेसम्म ह’त्याराको सुइको समेत प्रहरीले पाएको छैन् । यद्यपी घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

के गरेकी थिइन् त्यो दिन कविताले ?

सधै जस्तै फागुन २ गते पनि कविता काभ्राको जनता माविमा घरबाट बिहान पढ्न निस्कीइन् । कविताको घरबाट स्कुल जानको लागि करिब १५ मिनेट जति समय लाग्छ । दिनभरी साथीहरसँगै रहेकी कविता अन्य दिनजस्तो खुसी नभएको उनका साथीहरु बताउछन् ।

स्कुल बिदा भएपछि अपरान्ह साथिहरसँगै उनि घर नजिकैसम्म आइन् । सबै साथिहरु आ–आफ्नो घरतिर लागे र उनि पनि आफ्नो घरतिरमा लागिन् । घरमा उनका आमाबुबा, दिदि र दिदीको एउटा छोरा छन् ।

कविता बोहरा

दिदीको केहिवर्ष पहिले बिहे भएको थियो र छोरा पनि जन्मीयो तर दिदी भिनाजुको झगडा हुँदा छुटपत्र भएको पनि धेरै महिना भयो । अहिले दिदी आफ्नो छोरा सहित माइतीमा बस्दै आएकी छन् ।

घटना हुँनुभन्दा केहिदिन अघि दिदी बिरामी भएर उपचारको लागि नेपालगञ्ज गएकी थिइन् । त्यसकारण घटना भएको दिन उनि घरमा थिइनन् । अपरान्ह स्कुलबाट आएकी कविताले घरमा आमाले बनाएको नास्ता खाइन् र घरमै बसिन् ।

कबिताको केटासँग फोनमा कुराकानी हुन्थ्यो

कविताकी आमाका अनुसार सधैजस्तै कविताले त्यो दिनपनि स्कुलबाट आएपछि कुनै केटासँग फोनमा कुराकानी गरेकी थिइन् । कविताको आमाले भनिन्, ‘नानी त धेरै फोन नगर है ? नचिनेका मान्छेहरुसँग, पढाइतिर ध्यान दे !’ आमाले फोन नगर भनेपनि कविताले फोन गरिरहेकी थिइन् ।

बेलुका सबैले खाना खाएर सुत्ने तर्खर गरे । कविता आफ्नो कोठामा पढ्दै थिइन् । कविताका बुबा, आमा र दिदीको छोरा अर्काे कोठामा सुत्न गए । राती ९ बजेको थियो । जुनबेलासम्म कविताले कोठामा पढिरहेकी थिइन् भने अरु सबै सुतिसके ।

मृ’त अवस्थामा कसरी फेला परिन् कविता

एक्कासी रातको १ बजे कविताको दिदीको छोरो बिरामी भएर बान्ता गर्न थाल्यो । कविताको आमाले बाहिर ल्याएर बान्ता गराउन थालिन् । र कवितालाई पनि उठाउन खोजिन् । कवितालाई उठाउनको लागी उनि कोठामा गइन् तर त्यहाँ कविता थिइनन् ।

छोरी कहाँ गइ भन्दै उनि आँगनतिर आइन् । घरसँगै सटेको पुर्वतर्फको गाईभैसी बाध्ने भकारोमा कविता सुतिरहेकी थिइन् । मोबाइल एकठाउँमा, कविताले ओडेको पछेउरी एक ठाउँमा र श’व एक ठाउँमा भएको उनले देखिन् ।

उनले भनिन्, ‘म आँगनमा आउदा छोरी सुतिरहेकी थिइ, मेरो एक्कासी होस् उड्यो । त्यसपछि के–के भयो मलाई थाहा छैन् । बुढालाई उठाएको र गाउँलहरुेलाई खबर गरेको सम्झन्छु । पछि प्रहरी आयो, त्यस्तै गर्दै बिहान उज्यालो भयो ।’

कवितालाई पहिले सामान्य ढंगबाट ज्या’न लि’ने ध’म्की समेत आएको थियोे

कविताको परिवारका अनुसार कवितालाई यसअघि सामान्य ढंगबाट ज्या’न मा’र्ने ध’म्की समेत आएको थियो । गाउँघरमा झगडा हुँदा गाउँकै केहि मान्छेबाट ज्यान मार्ने ध’म्की आएको क’विताको दिदीले बताइन् ।

कविताकि दीदी

त्यस्तै कवितालाई सल्यानका एकजना र रोल्पाका एकजना केटाले फोन गर्ने गर्दथे । कविताले दुवैलाई फोन गर्ने थाहा पाएपछि रोल्पाका केटाले ज्या’न लिने ध’म्की समेत दिएको उनकी आमाले बताइन् । यद्यपी यी विषय सामान्य भएको भन्दै यसैको कारणले ह’त्या भएको भन्न नकिने परिवारले जनाएको छ ।

भुन्टी कुकुरले पनि पत्ता लगाएन ह’त्यारा

घटना भएको भोलिपल्टै शनिबार अनुसन्धानका लागि प्रहरीले नेपालगञ्जबाट ‘भुन्टी’ कुकुर ल्याएर घटनास्थलमा खटाएको थियो । तर कुकुरले पनि ह’त्यारा पत्ता लगाउन सकेन् ।

घटना भएको आँगनदेखि कुकुरले सुङ्दै एकसय मिटर पुर्वतर्फको सडकसम्म पुगेपनि त्यो देखि अगाडी बढ्न सकेन् । कुकुरको यस्तो संकेतले ह’त्यारा उक्त सडकसम्म कुनै सवारीसाधनमा आएको र त्यहाँबाट कविताको घरसम्म पैदल हिडेको प्रहरीको अनुमान छ ।

घरदेखि सडकसम्म पैदल हिडेका ह’त्याराहरु सडकबाट सवारीसाधनमा गएको प्रहरीको बुझाई छ । अस्पतालको रिपोर्टअनुसार कवितालाई कुनैपनि हा’तपा’त नगरेर सिधै घाँ’टीमा ह’तियार प्रयोग गरेर ह’त्या गरेको देखिन्छ ।

कल रेकर्डबाट अनुसन्धान गरिने

सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले ह’त्यारा पत्ता लगाउने उत्तम उपाय कल रेकर्ड हुने बताए । त्यसको लागी टेलिकमबाट कल रेकर्ड हेर्नको लागी अदालतबाट अनुमती ल्याइसकेको उनले बताए ।

उनले भने, ‘परिवारले शंका गरेका केहि मानिसहरुलाई पनि हामीले निगरानी बढाएका छौं तर ह’त्यारा सजिलै पत्ता कल रेकर्डबाट लगाउन सकिन्छ । अहिले हामी यसैको अनुसन्धानमा छौं । अहिले नै कसैलाई पनि प’क्राउ गरेका छैनौं ।’

ह’त्यालाई जे’ल होइन फासी दिनुपर्छ

कविताकि आमाले ह’त्यारा पत्ता लगाएर छिटो प’क्राउ गर्न प्रहरीलाई आग्रह गरेकी छन् । उनले आफ्नो छोरीको ह’त्या गर्नेलाई आफुले पनि बदला लिएपछि मात्रै छोरीको आ’त्मले शा’न्ती पाउने आक्रोश पोखेकी छन् ।

कविताकि आमा

उनले भनिन्, ‘मेरी छोरीको ह’त्या गर्ने ह’त्यारा पत्ता लाग्यो भने उसलाई फाँ’सी दिनुपर्छ । उसलाई जे’लमा मात्रै किन राख्ने ? मर्ने मान्छे म’रेर गैहाल्यो, जे’लमा जाने मान्छे त भोली राजनीतिक पावरमा छुटिहाल्छ नी ।’

२०७६ फाल्गुन ९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको