जीपी कोइराला फाउन्डेसनले गर्यो ५ बिद्यार्थीलाई पुरस्कृत

राम्रो प्रतिफल हात पार्नेमा विस्वस्त छु: संस्थापक अध्यक्ष सापकोटा


फागुन ९, काठमाडौँ । उल्लिएन्स स्कुल ललितपुरमा प्रथम राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड सम्पन्न भएको छ ।

फाल्गुन २ देखि ४ गते सम्म भएको उक्त कार्यक्रम आयोजक संस्था योङ्ग इकोनोमिस्टस् सोसाइटी नेपालले जानकारी दिएको छ । कार्यक्रमको माघ १८ गते इटहरी, भरतपुर, बिरगन्ज, पोखरा बुटवल र काठमाडौँ गरि ६ ठाउमा क्षेत्रीय छनोट परीक्षा संचालन गरिएको थियो ।

क्षत्रीय छनोटमा ५० भन्दा बढी बिद्यालयका ३५० सहभागी विद्यार्थीहरुबाट छनोट भएका ६० जना विद्यार्थी राष्ट्रिय प्रतिस्पर्धमा सहभागी भएका थिए । राष्ट्रिय प्रतिस्पर्धाको लागि १० जना सरकारी बिद्धालय र १० जना उपत्यका बाहिरका बिद्धयालयबाट विद्यार्थीहरु सहभागीता जनाएका छन ।

फाल्गुन २ देखि ४ गते सम्म भएको पहिलो कार्यकम निकै ज्ञानबर्द्धक र फलदाही रहेको आयोजक संस्था योङ्ग इकोनोमिस्टस् सोसाइटी नेपालले जानकारी दिएको छ । कार्यक्रममा ऊत्कृट बिद्धार्थीलाई स्वर्ण, रजत, र कास्य पदकबाट सम्मानित गरिएको छ ।

यस्तै उत्कृट ५ जीवन खड्का, सुशील खनाल, हृशव पाण्डे, निष्ठा श्रेष्ठ, मनोज नाथ योगी आगामी जुलाईमा काजकिस्तानमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि छनोट भएका छन् । राष्ट्रिय प्रतिस्पर्धा अर्थशास्त्र र बिजनेस केस एनलिसस्मा भएको थियो ।

नेपालले गत वर्ष रसियामा भएको प्रतिस्पर्धमा सहभागी भएर कास्य पदक हात परेको थियो । यो बर्ष प्रथम पटक राष्ट्रिय प्रस्तिपर्धाबाट छनोट गरी सहभागी हुन लागेको कारण  राम्रो प्रतिफल हात पार्नेमा विस्वस्त रहेको संस्थाका संस्थापक अध्यक्ष अर्जुन सापकोटाले जानकारीदिए ।

अर्थशास्त्र, बित्त र व्यवसायमा असाधारण प्रतिभाशाली बिद्यार्थीको खोजी गरी उनीहरुलाई, प्रोत्साहन, हौसला र प्रेरणा दिंदै उज्जवल भविष्य निर्माणमा सहयोग गर्ने अभिप्रायका साथ कार्यक्रम गर्न लागिएको र युवा बिद्यार्थीहरुको तार्किक र बौद्धिक क्षमता अभिवृद्धि गरी समस्याहरुको समाधान गर्न सहयोग पुग्ने सापकोटाको दाबी छ ।

बिद्धार्थीलाई हौसला प्रदान गर्न ऊत्कृट ५ बिद्धार्थीलाई जीपी कोइराला फाउन्डेसनले पुरस्कार स्वरूप जनही रु ३००० ले पुरस्कृत गरेको छ । उक्त सहयोग रकम फाउन्डेसनको तर्फबाट गैर आबसिय नेपाली संघका केन्द्रिय सल्लाकार तथा फाउन्डेसनका माल्टा संयोजक श्री सोम सापकोटाले गरेका हुन् ।

यसरि नै कार्यक्रमलाई सफल बनाउन उल्लिएन्स स्कुल, आईएमई पे, किंग्स कलेज, टरर्किस एरलेन्स, नेपाल दुरसंचार प्राधिकरण, सानिमा बैंक लगाएत विभिन्न संस्थाहरुले सहयोग गरेका थिए । नेपाल इकोनोमिक्स ओलम्पियाड अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडबाट मान्यता प्राप्त कार्यक्रम हो ।

अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडको प्रमुख सल्लाहकार २००७ मा अर्थशास्त्र तर्फको नोवेल पुरस्कार बिजेता एरिक मास्किन रहेका छन् । उक्त संस्थाको कार्यकारी सदस्यमा नेपालबाट योङ्ग इकोनोमिस्टस् सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन सापकोटा रहेका छन् ।

९ फाल्गुन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको