कम्युनिस्टहरु सत्तामा पुगेपछि आदर्शबाट विचलित हुन्छन: प्रचण्ड


फागुन ९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो संकेत नदेखिएको बताएका छन् ।

कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायण विलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

कम्युनिस्टहरुले नभएको सत्ता प्राप्त गर्न सक्ने तर सत्तामा पुगेपछि आदर्शबाट विचलित भएका विश्व इतिहास रहेको भन्दै उनले नेपालमा पनि राम्रो संकेत नदेखिएको बताए ।

साेभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ता कसरी पतन भयो भन्ने उल्लेख गर्दै उनले भने, ‘अहिले भइसक्यो भनेको होइन । मेरो भनाइलाई बढी नबुझियोस् । तर संकेत त त्यति राम्रो देखिएनन् नि आजभोलि । यसो घटना हेर्‍यो मान्छेहरु त बिग्रिने बिग्रिनेतिर जस्तो …’ ।

प्रचण्डले कम्युनिस्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलाप देखिन थालेको बताए ।

९ फाल्गुन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको