दाङकि एक महिला बेपत्ता, श्रीमानद्वारा खोजि गरिदिन आग्रह


माघ ७, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी निवासी रविबहादुर पुनले आफ्नी पत्नि एमकुमारी पुन बेपत्ता भएको भन्दै खोजी गरिदिन माग गरेका छन् । ईलाका प्रहरी कार्यालयमा पुस २९ गते पुनले दिएको निवेदनमा २८ गते बेपत्ता रहेको उल्लेख गरेका छन् ।

पुनले २८ गते विहान घर सल्लाहका साथ हेमन्तपुर स्थित मामाको घरमा जान्छु भनेर गएकी भएपनि फर्केर नआएको बताए । पुनले भने–‘ भोलि विहानै पसल खोल्न आउँछु भनेर गएकी हुन, तर हालसम्म फर्केर नआएपछि प्रहरीमा खोजी गरिदिन भनेर निवेदन दिएको छु।’

दोस्रो दिन छोरी रमालाई फोन गरेर आमा एम कुमारीले आफु काठमान्डौं आएको र अब आफु घर फर्केर आउँदिन भन्ने जानकारी दिएको पुनले जानकारी दिए ।

रविले पत्नि एमकुमारीले घरको दश लाख नगद समेत लगेर गएको जानकारी दिए । ‘घरको सबै कारोवारो उनैले हेर्थिन,’ पुनले भने ‘ भए भरको जम्मै पैंशा लगेर बेपेत्ता भएकी छन्।’

रविका अनुसार उनीहरुको विहे २० वर्ष पहिले २०५६ सालमा भएको थियो । प्रहरीले भने घटनावारे अनुसन्धान जारी रहेको बताएको छ ।

२०७६ माघ ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको