बझाङको दुर्गम गाउँमा खाद्यान्न अभाव


माघ ७, बझाङ । बझाङ जिल्लाको उत्तरी सिमानामा पर्ने दुर्गम गाँउपालीका साईपाल गाँउपालीकामा खाद्यान्नको अभाव भएको छ ।

लगातार चौथो पटक अत्याधिक हिमपातपछी खाद्यान्न ओसारपसार गर्ने भेडा खच्चरलाई आवतजावतमा समस्या भएपछी खाद्यान्नको अभाव भएको काँडा माध्यमिक विद्यालयका लेखापाल बम बहादुर बोहराले जानकारी दिए ।

बोहराका अनुसारका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्षमा अत्याधिक हिमपात भएकाले स्थानीय स्तरमा उद्पादन हुने अन्न बालिले ६ महिना मात्र पुग्ने बताए । उनका अनुसार बाँकी खाद्यान्न बहिरबाट आयात गर्नुपर्ने र आयात गर्नको लागि भेडा, खच्चरले ओसारपसार गर्नु पर्ने भएकाले अहिले हिउँले गर्दा बाटोनै बन्द भएकाले खाद्यान्नका अभाव भएको हो ।

सदरमकाम चैनपुरमा प्रतिकेजी ४० रुपैयामा पाईने चामल साईपाल गाँउपालीकामा सत्तरी रुपौयाँ १ पाकेट चाउचाउको ४०, एक पाकेट तेलको १ सय ३०, चिनी १ सय ४० र दाल २ सय चालीस रुपैयाँमा किनेर खानुपर्ने बाध्यता भएको साईपाल गाँउपालीकाका अर्का स्थानिय घुरन बोहराले बताए ।

यसैबीच हिमपातकै कारण टेलिफोन सेवा पनि अवरुद्ध भएको जनाइएको छ ।

२०७६ माघ ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको