शेयर बजारमा १ अर्ब ५१ करोडको कारोबार, सूचकमा सामान्य वृद्धि


माघ ७, काठमाडौं । शेयर बजारमा मंगलबार १ अर्ब ५१ करोड १९ लाख बराबरको कारोबार भएको छ । शेयर सूचकमा भने सामान्य सुधार देखिएको छ।

सोमबार २६ अंकले घटेको बजार मंगलबार ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक ०.९ अंकले बढेर २८४.४३ अंकमा पुगेको छ। आज १ सय ८३ कम्पनीको ४४ लाख ५५ हजार ५ सय ४५ कित्ता शेयर किनबेच भयो।

उपसूचकहरु पनि मिश्रित देखिएको छ। सबैभन्दा बढी निर्जीवन बीमाको शेयर ८१.१७ अंकले बढ्दा जीवन बीमाको शेयर ६१.४७ अंकले बढेको छ।

आज सबैभन्दा बढी विकास बैंकको शेयर १०.२७ अंकले घट्यो भने अन्य उपसूचक ७.४४ अंकले घटेको छ।

कारोबार अंकका हिसाबले भने हिमालयन बैंक अघि देखिएको छ। दिनभरिमा हिमालयन बैंकको प्रमोटर शेयर २४ करोड ४६ लाख १७ हजारको कारोबार भयो। त्यस्तै हिमालयन डिस्टीलरी लिमिटेडको शेयर १० करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भयो।

आज एनआइसी एशिया, नेपाल लाइफ इन्स्योरेन्स, शिभम् सिमेन्टको शेयर कारोबार उच्च देखिएको छ।

७ माघ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको