क्र्यास टेष्टमा ‘महिन्द्रा एक्सयुभी ३००’ सबैभन्दा सुरक्षित


माघ ७, काठमाडौं । महिन्द्राको ‘एक्सयुभी ३००’ले क्र्यास टेष्टमा ‘फाइभ स्टार’ रेटिङ पाएको छ।

‘एक्सयुभी ३००’ले ग्लोबल न्यू कार एसिस्मेन्ट प्रोगाम (ग्लोबल एनक्याप)ले गरेको क्रयास टेष्टमा एडल्ट सेफ्टीमा ‘फाइभ स्टार’ र चाइल्ड सेफ्टीमा ‘फोर स्टार’ रेटिङ पाएको हो।

एडल्ट सेफ्टीमा ‘फाइभ स्टार’ पाउने यो तेस्रो गाडी हो। चाइल्ड सेफ्टीमा ‘फोर स्टार पाउने यो पहिलो गाडी हो। चाइल्ड सेफ्टीमा हालसम्म कसैले पनि ‘थ्रि स्टार’ भन्दा धेरै रेटिङ पाउन सकेका थिएनन्।

यसअघि टाटाका नेक्सन र अल्ट्रोजले एडल्ट सेफ्टीमा ‘फाइभ स्टार पाएका थिए। समग्रमा नेक्सनलाई र अल्ट्रोजलाई उछिन्दै महिन्द्र ‘एक्सयुभी ३००’ सबैभन्दा सुरक्षित गाडी बनेको हो।

महिन्द्रा ‘एक्सयुभी ३००’ गत भदौमा सम्पन्न नाडा अटो शोदेखि नेपाली बजारमा उपलब्ध छ। ग्लोबल एनक्याप भारतमा बनेको गाडीको सुरक्षा जाँच गर्ने स्वतन्त्र संस्था हो।

२०७६ माघ ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको