माघ ७, पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई गण्डकी प्रदेश सांसद राजिब गुरुङ ‘दीपक मनाङे’ले हातपात गरेका छन्।
पोखराको लेखनाथस्थित भण्डारढिकमा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनपूर्व मनाङेले हातपात गरेका हुन् ।
गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटनका क्रममा मनाङेलाई आफूमाथि मुक्का र लात्ती प्रहार गरेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले मागेका थिए ।
खर्च दिन नसक्ने बताएपछि आफूलाई हातपात गरेको उनको भनाई छ । गुरुङविरुद्ध मंगलबार नै क्रियटिभ पोखरा अवार्डका सञ्चालक रामकृष्ण पौडेलमाथि हातपात गरेको आरोपमा उजुरी दर्ता भएको छ ।
प्रतियोगितामा मनाङबाट डाँफे युवा क्लबले सहभागिता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस