दुई नयाँ गन्तब्य थप्दै बुद्ध एयर


माघ ७, काठमाडौं । निजी लगानीको वायसेवा कम्पनीको बुद्ध एयरले आगामी फेब्रुअरीबाट दुई गन्तब्यमा उडान विस्तार गर्न भएको छ । कम्पनीले काठमाडौंबाट राजविराज र पोखराबाट विराटनगर उडान विस्तारको तयारी गरेको हो ।

कम्पनीका अनुसार क्षेत्रीय उडान विस्तारका क्रममा ३ फेब्रुअरी २०२० (२० माघ) बाट बुद्धले पोखरा-विराटनगर रुटमा उडान गर्ने भएको छ ।

यो रुटमा साताको तीन उडान गर्ने गरि योजना अगाडि बढाएको छ । पोखरा-विराटनगर रुटमा सोमबार, बुधबार र शुक्रबार उडान हुने भएको छ ।

यता, राजविराजमा भने बुद्धले १ फेब्रुअरीबाट काठमाडौंदेखि दैनिक उडान गर्दैछ । अब राजविराजमा दुई वायुसेवा कम्पनीले प्रतिस्पर्धा गर्ने भएका छन् । यहाँ यसअघि श्री एयरलाइन्सले उडान गरिरहेको छ ।

२०७६ माघ ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको