मगर संसार राहतकोषले ३५ औं सहयोग हस्तान्तरण


पोष्टपाटी, काठमाडौ । मगर संसार फोटो ग्यालरी मातहतको मगर संसार राहत कोषले आफ्नो ३५ औं सहयोग रकम हस्तान्तरण गरेको छ । राहतकोषबाट बाग्लूङ जिल्ला गलकोट हाल, रूपनदेही तिलोत्तमा वडा न. एकमा बस्नुहुने रक्त चापका बिरामी दलक प्रसाद काउचा मगरलाई १० हजार रुपैयाँ सहयोग गरेको हो ।

मगर संसार राहत कोषले लामै समयदेखि विभिन्न दु:खी, बिरामीहरुलाई सहयोग गर्दै आएको छ । मगर संसारका एडमीन/सचिब तिर्सना झेंडी मगरले हस्तान्तरण गर्नुभएको कोषको यो ३५ औं शृङ्खला अन्तर्गतको राहत हो ।

मगर संसार फोटो ग्यालरी ग्रुप भित्र आबद्ध रहेका करिब २ लाख ४० हजार मगर समुदायहरुले स्वैच्छिक रुपमा राहत कोषलाई सहयोग गरिरहेको समितिका सचिब तिर्सना झेंडी मगरले पोष्टपाटीलाई बताउनु भयो ।

गत पुस १ गतेदेखि हरेक दिन मगर भाषाका तीन साखाहरु मध्ये मगर खाम र मगर ढुटको लाइभ प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ । त्यस्तै आउँदै गरेको माघे संक्रान्तिको अबसरमा एक लाख सहत्तरी हजार राशीको “मगर लोक गायन तथा नृत्य प्रतियोगिता- २०७७” सन्चालन गर्ने तयारी गरिरहेको छ ।

५ पुष २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको