दाङमा टिकटक बनाउन झुलेङ्गे पुलमा झु’ण्डिएका युवा खसेपछि…


पुस ५, दाङ । टिकटक बनाउन झुलुङ्गे पुलमा झु ण्डिएका एक युवा लडेर गम्भीर घाइते भएका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा शनिवार बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका हुन्।

पुलबाट झरेर गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।

शनिबार साँझ सवा ६ बजेतिर घाइते थापालाई कोहलपुर रेफर गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

शनिबार रमाईलो गर्ने भन्दै २५/२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए । त्यहीँ समयमा थापा टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झु ण्डिएका थिए । त्यहीँ क्रममा उनको हात गलेपछि सोझै बगरमा खसे ।

घटना शनिबार दिउँसो सवा २ बजेतिर भएको प्रहरीले जानेको छ । थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा बजारिएका थिए । उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोटपटक लागेको भन्ने जानकारी उनका साथीले दिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

५ पुष २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको